भूमिसुधार कार्यालय धनुषाका निमित्त प्रमुख घुस रकमसहित पक्राउ

Advertisement 1
भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो ।
Advertisement 2
झाले जग्गा सम्बन्धी हक साफी मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग पाँच लाख मागेको सूचना एवं उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले घस रकमसहित भानुचोक जनकपुरबाट सोमबार बिहान ८:१५ मा नियन्त्रणमा लिएको जनाएको छ । उनलाई पक्राउ गरेर अख्तियारले अनुसन्धान थालेको छ ।
प्रकाशित :२०७८ चैत्र २८, सोमबार २१:२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%