यी हुन चैत्रदेखि असार मसान्तभित्रैमा अवकाश पाउन लागेका ११ सचिव

यही चैत्रदेखि असार मसान्तसम्ममा मात्र ११ जना विशिष्ठ श्रेणीका कर्मचारी घर जाँदैछन् । कर्मचारीहरुको अभिलेख राख्ने पुल्चोकस्थित निजामती किताबखानाको विवरण अनुसार यही चैत्रमा दुर्य सचिव घर जानेछन् । उमेर हद लागेर वैशाखमा तीन,जेठमा तीन र असारमा तीन जना सचिव अवकाश लिनेछन् ।

Advertisement 1


निजामती कर्मचारीहरुको उमेर हद ५८ बर्ष कायम गरिएको छ । अन्य सेवाका कर्मचारीहरुको उमेर हद ६० बर्ष र त्योभन्दा माथि भएको अबस्थामा समेत निजामती कर्मचारीहरु ५८ बर्ष उमेरमै उमेरहद लागेर घर जान वाध्य छन् । यही कारण चैत्रदेखि असारभित्रैमा एक दर्जन सचिवले अवकाश पाउँदैछन् । नेपाल सरकारका निकायगत सचिव तथा विशिष्ट श्रेणीका कर्मचारीहरु ६९ जना छन् । जसमध्ये नेपाल प्रशासन सेवा तर्फ ३४ जना, नेपाल लेखा परीक्षण सेवातर्फ ४ जना, नेपाल इन्जिनियरिङ सेवातर्फ ८ जना, नेपाल वन सेवातर्फ १ जना, नेपाल न्याय सेवातर्फ १३ जना र व्यवस्थापिका संसद्तर्फ १ जना सचिव कार्यरत छन्।

Advertisement 2

तीमध्ये ५८ बर्ष उमेर हद लागेर चैत्रमा दुई जना सचिव अवकाश लिनेछन् । जसमध्ये गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा प्रमुख सचिवको रुपमा कार्यरत विष्णुप्रसाद नेपालले आगामी सोमबारबाटै अवकाश पाउनेछन् । यस्तै चैत्र अन्तिम साता (२७ चैत्र)मा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव तीर्थराज ढकालले अवकाश पाउनेछन् ।

वैशाखमा तीन जना सचिव घर जानेछन् । जसमध्ये आगामी ६ वैशाखमा बाग्मति प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवको रुपमा कार्यरत डा मानबहादुर बिकेले अवकाश लिनेछन् । यस्तै ओली वंशावली समाजका महासचिव समेत रहेका हालका वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले २०७८ वैशाख ७ गते अवकाश पाउनेछन् ।

Advertisement 3

उनी अवकाश अगावै लोकसेवा आयोगको आयुक्त बन्ने दौडमा छन् । यस्तै ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव मधुसुदन अधिकारीले २०७८ वैशाख २४ गते अवकाश र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले २०७८ जेठ ६ गते अवकाश पाउनेछन् । जेठ महिनामै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले अवकाश पाउनेछन् । उनी आगामी ०७८ जेठ १४ गते अवकाश पाउनेछन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले जेठ १५ गते अवकाश पाउनेछन् ।
यस्तै असार महिनामा अवकाश पाउने सचिवहरुमा हाल उपराष्ट्पति कार्यलयमा पठाइएका सचिव गोपीनाथ मैनाली छन् । उनले १ असारमा अवकाश लिनेछन् । रक्षा सचिव रेश्मीराज पाण्डेले असार २२ मा अवकाश लिनेछन भने हाल लोकसेवा आयोगका सचिव रहेका महेन्द्रप्रसाद गुरागाईंले पनि सोही दिन अवकाश पाउनेछन्

????????????????????????????????????
प्रकाशित :२०७७ फाल्गुन २८, शुक्रबार १३:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry