बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त

पूर्व सचिव सूर्य प्रसाद सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सिलवाल पूर्व गृहसचिव हुन् । गृह सचिवबाट अवकाश भए पनि सिलवाल लामो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए ।
Advertisement 1
उनको कार्यकाल चार वर्ष हुनेछ । सिलवालको लागि बीमा नयाँ क्षेत्र हो ।
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्ष पद गत एक महिनायता रिक्त रहेको थियो ।
Advertisement 2
यसअघि समितिको अध्यक्षको कार्यभार चिरञ्जीबी चापागाईंले सम्हालेका थिए । आफ्नो चार वर्षे कार्यकाल पूरा भएपछि उनी गत पुस २३ गतेदेखि बाहिरीएका थिए ।
प्रकाशित :२०७७ माघ २०, मंगलवार ०७:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%