हराएका नर्सदेखि डाक्टरसम्म खोज्दै वीर अस्पताल

बीर अस्पतालको स्टाफ नर्स,अनमीदेखि रजिष्ट्रारसम्मका कर्मचारी सम्पर्क विहिन भएसँगै उस्ले खोजी तिव्र पारेको छ ।

Advertisement 1

बिदा स्वीकृत नगराइ लामो समयदेखि अनमी (छैंटौं) साहिदा सुब्बा,अनिता बसेल,स्टाफ नर्स (पाँचौं) सकिला चौलागाई,अन्जुकला राई,सरस्वती अर्याल,रेणुका अधिकारी,जमुना सिटौला ओमदेवी पुन,शान्ति लम्साल,सम्झना श्रेष्ठ,सुशीला ढकाल र रजिष्ट्रार डा सुष्ट्रि शाह सम्पर्क विहिन भएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले तीस दिनभित्रमा हाजिर हुन आउन भन्दै उनीहरुको नाममा सूचना प्रकाशन गरेको छ ।

Advertisement 2

सूचना बमोजिम ३० दिनभित्रमा हाजिर हुन नआए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको (कर्मचारी सेवा तथा सुविधासबन्धी) नियमावली ०६५ को नियम १३३ (घ) बमोजिम कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित :२०७९ पुष ३, आईतवार ०८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry