कोभिड संक्रमित कर्मचारीलाई १४ दिन काज बिदा
Advertisement 1
कोभिड संक्रमित कर्मचारीको हकमा पूरानो निर्णय नै कार्यन्वयनमा आउने भएको छ । कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोन नेपालमा तिव्रतर रुपमा फैलिएर संक्रमित हुनेहरुको संख्या बढ्न थालेसँगै संक्रमण पुष्टि भएका सरकारी कर्मचारीहरुले १४ दिन बिदा लिन पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,कोभिडको तेश्रो लहरको संक्रमण पृष्टि भएका सरकारी, अर्ध सरकारी निकाय एवं कार्यालयमा कार्यरत कर्मचारीले यस पटक पनि कोभिड बिदा लिन पाउने भएका हुन ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार कोभिड संक्रमण पुष्टि भएर आइसोलेसन बस्नुपर्ने भए बढीमा १४ दिन र अस्पताल भर्ना हुनुपर्ने भए सो अवधिभर नै कर्मचारीले बिदा पाउने छन् । तर,त्यसको लागि कोभिड पोजेटिभ भएको रिपोर्ट कार्यालयमा अनिवार्य पेश गर्नुपर्ने हुन्छ ।
यस अघि कोभिडको पहिलो र दोश्रो लहरमा मन्त्रिपरिषद्बाटै कर्मचारीले १४ दिन काज बिदा पाउने दिने निर्णय भएको थियो ।
जसअनुसार कोभिड संक्रमण भई घरमै आइसोलेसनमा बसेका कर्मचारीले १४ दिन र अस्पताल भर्ना भई उपचार गराउनुपरेमा सो अवधिभर काज बिदा दिने व्यवस्था गरिएको थियो । यसका अलवा कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीले चार दिन काज बिदा पाउने निर्णय भएको थियो । यो व्यवस्था सरकारी तथा अर्धसरकारी निकायमा लागू हुने र त्यसका लागि कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने हुन्छ ।