मन्त्रीको पहिलो निर्णय :-कर्मचारी कटौती

नवनियुक्त मन्त्रीहरुले शपथ लिए लगतै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

Advertisement 1

पदभार पछि मन्त्रीहरुले विभिन्न प्रतिवद्धता व्यक्त गरेका छन् ।

जसमध्ये क बर्गका ठेकेदार समेत रहेका शहरी विकास मन्त्री विक्रम पाण्डेले देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री ओलीकै समयमा यो प्रतिवद्धता व्यक्त भएको भए पनि कार्यन्वयन हुन भने सकेको छैन ।

Advertisement 2

यता संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कर्मचारी कटौती गर्ने पहिलो निर्णय गरेका छन्। उनले पर्यटन मन्त्रालयका कर्मचारी कटौती गर्ने पहिलो निर्णय गरेका हुन्।

यस्तै श्रम मन्त्री डीपी अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने,नेपाली विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Advertisement 3

यता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई नागरिकको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता रहेको जनाएकी छिन् ।

प्रकाशित :२०७९ माघ ३, मंगलवार १६:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम