७५ दिनपछि निर्वाचन आचारसंहिता पूर्ण रुपमा खारेज

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता खारेज भएको जनाएको छ । गत असोज १२ बाट शुरु भएको निर्वाचन आचारसंहिता झण्डै ७५ दिनपछि निस्क्रिय भएको निर्वाचन आयोगले जनाएको हो ।

Advertisement 1

नेपाल सरकार, मन्त्रिपरिषद्‍को ०७९ साल साउन १९ को निर्णयानुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा(१) बमोजिम संवत् २०७९ साल मङ्सिर महिनाको ४ गते सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिए पछि आयोगले असोज १२ गतेदेखि जारी हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको थियो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम ०७९ असोज १२ गतेदेखि सक्रिय निर्वाचन आचारसंहिता मंसिर २६ गतेदेखि लागू नरहने निर्णय निर्वाचन आयोगले गरेको छ ।

Advertisement 2

सो निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित :२०७९ मंसिर २६, सोमबार १०:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry