सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

 

Advertisement 1

प्राविधिकतर्फ रिक्त एक सचिव बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवहरुको नाम सिफारिस भएको छ ।

लोकसेवा आयोग अध्यक्ष माधव रेग्मी विदेशबाट फर्किएपछि हिजो उनकै अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय रामआधार साह,विश्वबाबु पुडासैनी र अर्जुनजङ्ग थापाको नाम सिफारिस गरेको हो ।

Advertisement 2

गत मंसिर पहिलो साता शहरी विकास मन्त्रालयको सचिव रमेश सिंह सेवा हद लागेर घर फर्किएसँगै रिक्त इञ्जिनियरिग सेवाको सचिव पदमा बढुवाका लागि तीन जनाको सिफारिस भएको हो ।

सचिव बढुवाका लागि तीनै जना सहसचिवले शक्तिकेन्द्र धाइरहेको भए पनि यस अघिझैं अहिले पनि सिफारिसमा परेका तेश्रो सहसचिवलाई टिपेर सचिव बनाइने प्रवल सम्भवना छ ।

Advertisement 3

यस अघि प्राविधिकतर्फको एक सहसचिव बढुवाका लागि सहसचिवत्रय राम आधार साह,विश्वबाबु पुडासैनी र केशवकुमार शर्माको नाम सिफारिस भएकोमा क्याबिनेटले तेश्रो नम्बरका सहसचिवलाई जलश्रोत तथा सिन्चाई मन्त्रालयमा पदस्थापन गरेको थियो ।
अहिले बढुवा सिफारिस भएकामध्ये रामआधारको ट्र्याक रेकर्ड खराब रहेको छ । साह कर्मचारी बृत्तमा बदनामी कमाएका पात्र हुन् जो पटकपटक कारवाहीमा मात्र परेका छैनन जेलै समेत गइसकेका छन् ।

उनी शाखा अधिकृत हुँदा नै पटकपटक नसिहत पाएका कर्मचारी हुन् । कतिसम्म भने खराब आचरणका कारण २०६६ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको दुई ग्रेड घटुवाका लागि सिफारिश गरेको थियो । उनी गुणस्तर तथा नापतौल विभागको डिजी हुँदा नाकाबन्दीको समयमा पम्पहरूसँग मिलेर कालोबजारी गरेको आरोपमात्र लागेन यही प्रकरणमा परेर जेलसम्म पुगे । पछि जिल्ला अदालतबाट उन्मुक्ति पाए ।

अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् ।

यस्तै रामआधार साहको बर्हिगमनपछि विश्वबाबु पुडासैनी बालाजुस्थित नापतौल विभागमा लगातार ९ बर्ष सोही विभागको हाकिम भएर चलाए । अहिले बाग्मती प्रदेशमा सचिव छन् ।

सचिव बढुवाका लागि पहिलो पटक नाम सिफारिस भएका अर्जुनजङ्ग थापा भने सडक विभागको डिजीको रुपमा कार्यरत छन् ।

उता मंसिर १२ मा मात्र वन सचिव पेमनारायण कँडेल घर फर्किएसँगै अर्को सचिव पद पनि रिक्त रहेको छ ।

प्रकाशित :२०७९ मंसिर २१, बुधबार १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry