लेखापाल र कार्यालय सहयोगी १ लाख २५ हजार घुससहित पक्राउ

महोत्तरीको सम्सी गाउँपलिकाका लेखापाल र कार्यालय सहयोगी १ लाख २५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।महोत्तरी सम्सी गाउँपालिकाका लेखापाल रउसनकुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार घुससहित रंगेहात पक्राउ गरेको हो।

Advertisement 1

सम्सी गाउँपालिका वडा नं. ५ मा सञ्चालन भएको कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरेको अख्तियारले जनाएको छ। विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले राउत र यादवलाई सेवाग्राहीबाट एक लाख २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गाउँपालिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

उनीहरु उपर थप अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ।

प्रकाशित :२०८० असार २१, बिहीबार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry