सहकारी र भूमि प्रशासनका विषयहरुमा शैक्षिक कोर्सहरुको संचालन

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी र भूमि प्रशासनका विषयहरुमा डिप्लोमा र स्नातकोत्तर कोर्ष संचालन गर्ने भएको छ । यसको अतिरिक्त क्षमता विकासका लागि विभिन्न तालिमहरु संचालन गर्दै आएको छ ।

Advertisement 1

काठमाण्डौ विश्व विद्यालयसंगको सहकार्यमा भूमिप्रशासनमा मास्टर इन्जिनियरिंग तथा जियो इन्फरमेटिक्स कोर्स र जियोमेट्रिक इन्जिनियरिंग कोर्स संचालन हुदैछ । यसका साथै सि टी इ भि टि र काठमाण्डौ विश्व विद्यालयसंगको सहकार्यमा जियो इन्जिनियरिंग डिप्लोमा कोर्स संचालन गर्ने व्यवस्था भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले मिलाएको हो ।

यसै गरी राष्ट्रिय सहकारी महासंघ र काठमाण्डौ विश्वविद्यालयबिच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष संचालन गर्ने विषयमा गत मंसिर ९ गते सम्झौता भइसकेको छ । उक्त अनुसार काठमाडौं विश्वविद्यालयले विश्वविद्यालयको सिकाई अध्यापनशास्त्रमा आधारित कार्यक्रम पद्धतिलाई अनुशरण गरेर कोर्ष संचालन गर्ने छ । नेपालमा पहिलो पटक विश्वविद्यालयको सहकार्यमा सहकारीको डिप्लोमा कोर्ष संचालन हुन लागेको हो ।

Advertisement 2

भूमि व्यवस्थापन तालिम केन्द्र र सहकारी प्रशिक्षण केन्द्रव्दारा विभिन्न तालिम कार्यक्रमहरु संचालन गर्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । यसमा बिएस्सी वा एमएस्सी जोग्राफी गरेका मध्येबाट १६ महिना अवधिको सिनियर नापी तालीम विज्ञान विषयमा उच्च माध्यमिक तहको योग्यता भएका मध्येबाट प्रादेशिक प्रतिनिधित्व हुने गरी एक वर्षको जुनियर नापी तालीम दिइने गरिन्छ ।
नापी अधिकृतहरुको लागि १ महिना अवधिको सेवाकालीन तालीम र नापी अधिकृतहरुका लागि Professional Course on Geomatics and Land Administration तालीम सर्भेक्षक र अमिनहरुका लागि Cadastre and office management  तालीम नापी विभाग अन्तर्गत वा नेपाल सरकारका बिभिन्न निकाय अन्तर्गतका नापी क्षेत्रमा काम गर्ने अधिकृत तथा सहायक कर्मचारीहरुका लागि GIS, Remote Sensing, Digital Cadastre, Survey Computation  लगायतका विभिन्न प्राविधिक विषयहरुमा तालीम र मालपोत अधिकृत तथा सहायक कर्मचारीहरुका लागि जग्गा प्रशासन सम्बन्धी विषयमा र अदालत, आयोगका कामसंग सम्बन्धित विषयमा तथा स्थानीय तहका जनप्रतिनिधि तथा प्राविधिक कर्मचारीहरुका लागि भूमि व्यवस्थापन र भूउपयोग व्यवस्थापन सम्बन्धी विषयमा तालीम दिने गरिन्छ ।

सहकारी तालिम नियामक निकायका कर्मचारीहरुको लागि  COPOMIS सम्बन्धी अनुशिक्षण र प्रशिक्षक प्रशिक्षण तालीम दिने गरिन्छ । सहकारी संघ संस्थाको पदाधिकारीहरुको लागि आधारभूत तालिम , प्रशिक्षक प्रशिक्षण , व्यवसाय प्रवर्द्धन तालिम , नेतृत्व तथा संस्थागत विकास तालिम , सहकारी लेखापालन तथा वित्तीय व्यवस्थापन सम्बन्धी तालिम दिने गरिन्छ ।
भूमि प्रशासन र सहकारी क्षेत्र का जनशक्ति र सरोकारवालाहरुमा सम्बन्धित विषयको विज्ञता आवश्यक भएको र यस्ता कार्यक्रमहरु धेरै मात्रामा संचालन हुनु पर्ने आवश्यकता महशुस गरि विगतमा संचालन हुदै आएका कार्यक्रमहरुलाई निरन्तरता दिदै शैक्षिक योग्यतामा आधारित उच्च तहका कक्षाहरुको संचालन र तालिम कार्यक्रमहरुमा थप सहकार्य गर्नु परेको र यसले भूमि प्रशासन र सहकारी क्षेत्रमा प्राज्ञिक र क्षमतावान जनशक्तिको निर्माणमा सहयोग पुग्ने कुरा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले वताए ।

प्रकाशित :२०७९ मंसिर १६, शुक्रबार ०५:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry