कर्मचारी सन्तति छात्रवृत्तिका लागि ८०२ ले दिए आवेदन,सकियो ६ सयको भेरिफिकेसन

 

Advertisement 1

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिस्वरूप सरकरले दिने छात्रवृत्ति रकम पाउन ८०२ कर्मचारीले आवेदन दिएका थिए । सन्तती छात्रवृत्तिका लागि आवेदन दिनको संख्या अघिल्लो आर्थिक बर्षको भन्दा १ सय ९ कम आवेदन परेको हो । अघिल्लो आर्थिक बर्षमा ९ सय ११ जना कर्मचारीले आवेदन दिएका थिए ।

१ लाखदेखि ५ लाख रुपैयाँसम्मको छात्रवृत्ति पाउनका लागि चालू आर्थिक वर्षमा कुल ८ सय २ जना कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवेदन दिएका हुन् ।

Advertisement 2

कर्मचारीहरूले आवेदन दिँदा कर्मचारी कार्यरत रहेको कार्यालयको सिफारिश पत्र, कर्मचारीका छोराछोरी पढ्ने गरेको शिक्षण संस्थाको सिफारिश पत्रसहितको कागजात अहिले भेरिफाई गर्ने काम भइरहेको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अहिले धमाधम भेरिफाईको काम चलिरहेको छ । झण्डै ६ सय आवेदनको भेरिफाई सकिसकेको छ । भेरिफाई भएपछि मात्र दिइएका आवेदन स्वीकृत हुने वा नहुने भन्ने निर्णय हुन्छ ।

 

Advertisement 3

निर्देशिकाअनुसार निजामती कर्मचारीका छोराछोरीले ६ किसिमका छात्रवृत्ति पाउने छन् । २० लाख रुपैयाँभन्दा बढी शिक्षण शुल्क लाग्ने भए ५ लाख रुपैयाँ, १५ देखि २० लाखसम्म लाग्ने भए ४ लाख रुपैयाँ, १० देखि १५ लाखसम्म लाग्ने भए ३ लाख रुपैयाँ, ५ देखि १० लाख रुपैयाँसम्म लाग्ने भए २ लाख रुपैयाँ, १ देखि ५ लाखसम्म लाग्ने भए १ लाख रुपैयाँ र त्यसभन्दा कम भए लागेको शुल्क बराबर छात्रवृत्ति प्रदान गरिनेछ ।

प्रकाशित :२०८० जेष्ठ ४, बिहीबार १४:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry