बिहान अकस्मात क्याविनेट बैंठक,दिँउसो नागरिकता विद्येयक र उपसभामुखको निर्वाचन

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । सरकारी निवास बालुवाटारमा क्याविनेट बैठक डाकिएको हो । स्रोतका अनुसार नागरिकता विद्येयकसम्बन्धी छलफलका लागि क्याविनेट बैंठक डाकिएको हो ।
क्याविनेट बैंठक सकिए लगतै प्रतिनिधिसभाको बैठक बस्नेछ । आज बस्ने प्रतिनिधि सभाको बैठकले नागरिकता विधेयकमाथिको छलफल गर्नेछ । संसद् सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा दिउँसो १ बजे नागरिकता विधेयक सम्बन्धी छलफलको लागि पहिलो बैठक बस्नेछ । आज दिउँसो १ बजे बस्‍ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । त्यसपछि उपसभामुख चयन गरिँदैछ । उपसभामुखका लागि काँग्रेसको तर्फबाट पुष्पा भुषाल र एमालेको तर्फबाट विद्या भट्टराई प्रतिष्प्रर्धामा छन् । उपसभामुख चयनको लागि आजै दिउँसो ३ बजे दोस्रो बैठक बस्ने जनाइएको छ ।
सो बैठकमा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले कांग्रेसकी भुसाललाई निर्वाचित गराउन प्रस्ताव प्रस्तुत गर्नेछन् ।भने एमालेका तर्फबाट शान्ता चौधरीले भट्टराईलाई निर्वाचित गराउन प्रस्ताव गर्नेछिन् ।

प्रकाशित :२०७९ असार ३१, शुक्रबार ११:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry