कार्यकक्षमै यौनलीला गर्ने अधिकृतलाई बाह्रदशीमा हाजिर गर्न रोक,लेखा अधिकृत सम्पर्क बिहिन
लेखा अधिकृतसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाईएको छ ।
Advertisement 1
अस्ति शुक्रवार बसेको बाह्रदशी गाउँकार्यपालिकाको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको पालिका स्रोतले जनाएको छ । पालिका स्रोतले दिएको जानकारी अनुसार काजीमान राई हाजिर हुनका लागि गत १२ भदौंमा उक्त कार्यालयमा पुगेका थिए ।
दुई दिन हाजिर भएर काठमाडौं हिडेका राईको यही बीचमा अश्लिल भिडियो बाहिरिएपछि राईलाई उक्त कार्यालयमा हाजिर लगाउन रोक लगाइएको बाह्रदशी गाउँपालिकाले जनाएको छ ।
Advertisement 2
पालिकामा अघि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत खेमराज थापालाई मन्त्रालयले त्यहाँबाट सरुवा गरेर गौरीगञ्जमा पठाएको भए पनि पालिकाले उनलाई रमाना दिएको छैन ।
इलामस्थित माईजोगमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र त्यहीँको लेखा अधिकृत रेश्मा राईबीच यौनजन्य गतिविधि समेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको हो । उनीहरुबीच कार्यकक्षमै यौनजन्य अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा छरपष्ट भएसँगै बाह्रदशी गाउँपालिकाले राईलाई कार्यालय प्रवेशमा रोक लगाएको हो ।
Advertisement 3
उता यही प्रकरण सार्वजनिक भएसँगै माईजोगमाईको लेखा अधिकृत रेश्मा राई कार्यालय सम्पर्कमा नरहेको उक्त पालिकाले इकर्मचारी डटकमलाई जानकारी दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत राई सरुवा भएर बाह्रदशीमा पुगेसँगै पालिकाले रेश्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको समेत जिम्मेवारी दिएको थियो ।
भिडियो अहिले सार्वजनिक भए पनि यो घटना गत असार महिनामै भएको त्यहाँका कर्मचारीले नाम नबताउने शर्तमा इकर्मचारी डटकमलाई बताएका छन् । यो घटना पछि सो गाउँपालिकाको कार्यालय भित्र आगलागि भएको बताइएको छ । गत साउन १८ गते राती करिव ८ बजेपछिको समयमा गाउँपालिकाको कार्यालयमा आगलागि भएको र आगलागिका कारण १३ लाख, ६० हजार छ सय क्षति भएको डाटा तयार पारियो । आगलागिबाट कार्यालयमा जडित सिसि क्यामेरा ध्वस्त भएको थियो ।
राई गत माघदेखि सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटिएको पाँच महिनामात्र भएको छ । उनी विवाहित हुन भने लेखा अधिकृत अविविाहित हुन ।
प्रमुख प्रशासकयि अधिकृत राई यस अघि चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा राईले इन्टेग्रीटी आइकन अवार्डसमेत हात पारेका थिए ।
भिडियो बाहिरिएसँगै लेखा अधिकृत राई पनि कार्यालयको सम्पर्कमा नरहेको र तत्काल उनलाई पनि काम गर्न नदिने पालिकाले जनाएको छ ।