माग आकृतिसम्बन्धी कार्यविधि सार्वजनिक,रोकिएला त अब अनुहार हेरेर पठाउने र रोक्ने ‘खेलो’ ?

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग आकृति सम्बन्धी कार्यविधि, २०७७ सार्वजनिक गरेको छ । गत माघ १२ को मन्त्रिस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरिएको हो । विभिन्न निकायहरूमा रहेका दरबन्दी, पदपूर्ति र रिक्त पदको विवरण नियमितरुपमा अद्यावधिक गर्ने तथा रिक्त पदको विवरण नियमित रूपमा अद्यावधिक गर्ने तथा रिक्त पदमा स्थायी पदपूर्तिका लागि माग गर्ने कार्यलाई व्यवस्थित तुल्याउन मन्त्रालयले कार्यविधि ल्याएको हो ।
Advertisement 1




यो कार्यविधि ल्याइएसँगै शक्तिका आडमा रोक्ने र पठाउने खेलोमा अङ्कुश लाग्ने मन्त्रालयको विश्वाश छ ।

मापदण्डअनुशार पदपूर्तिका लागि पठाउन सक्ने व्यवस्थामा पठाउनु पर्ने समयभन्दा कम्तीमा एक महिना अघि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भई नेपाल सरकार, मन्त्रिपरिषदबाट स्वीकृत भएको, सङ्गठन संरचना, दरबन्दी तथा पदको विवरण कितावखानामा दर्ता भएको र सार्वजनिक निकायले तयार पारेको आफ्नो र मातहतका निकायको स्वीकृत दरबन्दी, पदपूर्ति र रिक्त पदको विवरण कितावखानाको विवरणसँग मेल भएको हुनुपर्नेछ ।