६० अधिकृतको सरुवा,३२ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (नामावलीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० जना अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयको बुधबारको निर्णय अनुसार ६० जना अधिकृतहरुको सरुवा गरिएको हो । जसमा ३२ जना अधिकृतहरुलाई विभिन्न पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ भने बाँकी २८ जना अधिकृतहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,संघीय मन्त्रालय,जिसस,राष्ट्रिय सतर्कता केन्द्रतिर खटाइएको छ ।
Advertisement 1
बाँकी २८ अधिकृतमध्ये ६ जना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतिर खटाइएको छ भने चार जना भूीम व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ । यस्तै सात जना गृहमन्त्रालयमा पुगेका छन् ।
यस्तै सामान्य प्रशासनको अतिरिक्त समूहमा दुई जनालाई तानिँदा सञ्चार प्रविधि मन्त्रालयमा दुई जना,जिससमा दुई जना अधिकृतलाई खटाइएको छ भने एक जना अधिकृतलाई राष्ट्रिय सर्तकता केन्द्रमा पुर्याइएको छ ।
60 officers