१७ अधिकृतको सरुवा :-कोही ५२ महिनामा कोही चारै महिनामा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १७ अधिकृतहरुको सरुवा गरेको छ । सरुवामा परेकामध्ये कोही ५२ महिनामा सरुवा भएका छन् त कोही ४ महिनामै ।
तीन जना अधिकृत निवेदनका आधारमा सरुवा भएको सामान्य प्रशासनले जनाएको छ । यस्तै २ जनालाई रिक्त रहेको स्थानमा खटाइएको सामान्यले जनाएको छ ।

Advertisement 1

सरुवाको सूची अनुसार,नारायणबहादुर विष्ट ५२ महिनामा जानकी गाउँपालिका कैलालीबाट टिकापुर नगरपालिका कैलालीमा खटाइएको छ । यस्तै १७ महिनामै जनार्दन निरौला पाथिभरा गाउँपालिकाबाट बाह्रदशी गाउँपालिकामा सरुवा भएका छन् ।

संखुवासभाको चिचिला गाउँपालिकामा ३८ महिना प्रमुख प्रशासकिय अधिकृतको भूमिकामा रहेका शुक्रादेवी राईलाई जिल्लाकै जिल्ला समन्वय समितिको शाखा अधिकृत पदमा सरुवा गरेको छ ।

Advertisement 2

कल्याणपुर नगरपालिका, सिरहाका अधिकृत विष्णु रञ्जन बराल १३ महिनामा मिर्चैया नगरपालिका,सिरहामा खटाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत बेदहरि अधिकारीलाई मुस्ताङको घरपझोङ गाउँपालिकामा पठाइएको छ । रिक्त रहेको स्थानमा उनलाई खटाइएको सामान्य प्रशासनले जनाएको छ ।

यस्तै, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अधिकृत नारायण बहादुर बिष्टलाई सिन्धुलीको गोलन्जोर गाउँपालिकामा, सिन्धुलीको फिक्कल गाउँपालिकाका अधिकृत राजेन्द्र कार्कीलाई ५ महिनामै मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा, गृह मन्त्रालयका शाखा अधिकृत भरत सापकोटालाई काभ्रेपलाञ्चोकको जिल्ला समन्वय समितिमा, कंचनपुरको बेलडाडी गाउँपालिकाका अधिकृत पदमराज जोशीलाई जिल्लाकै जिल्ला समन्वय समितिमा, कञ्चनपुरको जिल्ला समन्वय समितिका शाखा अधिकृत कृष्णानन्द जोशीलाई ४ महिनामै बेलडाडी गाउँपालिकामा पठाइएको छ ।
यस्तै रमेश राई गृहमा इन्ट्री पाएका छन् । उनी १८ महिनादेखि उदयपुरगढी गाउँपालिकामा कार्यरत थिए । यस्तै सरुवाको सूची अनुसार,निवेदनका आधारमा चित्रप्रसाद गुरागाई भूमि व्यवस्था मन्त्रालयबाट उदयरपुरगढी गाउँपालिकामा खटाइएको छ ।
२८ महिना पछि भेषराज पन्थ मायादेवी गाउँपालिकामा पुगेका छन् भने भेषराज घिमिरे स्वास्थ्य मन्त्रालयबाट छत्रदेवी गाउँपालिकामा पठाइएको छ,निवेदनका आधारमा उनको सरुवा भएको हो ।
यस्तै लबुन राई जिसस सोलुखुम्बु,मोहनकुमार श्रेष्ठलाई सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक र रमेश सुवेदीलाई मनहरी गाउँपालिकामा खटाइएको छ ।

प्रकाशित :२०८० भाद्र ३१, आईतवार १७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry