सत्तासँगै ट्रेड युनियन लम्पसार परेपछि तुहियो कर्मचारीको आन्दोलन

संघीय निजामती सेवा ऐनको विरुद्ध आन्दोलनरत कर्मचारी ट्रेड युनियनहरुको आन्दोलन अन्तत तुहिएको छ । सत्ताधारी ट्रेड युनियनहरु सत्तासँगै लम्पसार परेपछि उनीहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रम तुहिएको हो ।  आन्दोलनको कार्यक्रम सार्वजनिक गरेर एकतावद्ध भएका कर्मचारी संगठनहरु नै सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा पुगेसँगै आन्दोलन तुहिने मोडमा पुगेको हो ।

Advertisement 1

आन्दोलनको कार्यक्रम नै बनाएर सिंहदरबारमा उत्रिएका कर्मचारी युनियनहरु नै दुई खेमामा बाँडिएका हुन । सरकारलाई दबाब दिने उद्देश्यले आज बिहान सिंहदरबारको दक्षिण ढोकामा सांकेतिक आन्दोलन गरेका थिए । जसमा सत्तानिकटमा काँग्रेस कर्मचारी संगठनले खुट्टा कमाएर तत्कालका लागि पछि हट्ने निर्णय गरेको हो । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले भने आन्दोलन जारी रहेको जनाएको छ ।

Advertisement 2

संघीय निजामती ऐन तत्काल जारी हुनुपर्ने मागसहित आन्दोलनमा रहेका कर्मचारीसँग वार्ताका लागि सरकारले वार्ता समिति गठन गरेको छ। उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएको हो। सरकारले वार्ता समिति गठन गरेपछि निजामती कर्मचारीका ट्रेड युनियनहरुले आन्दोलन स्थगित भएको घोषणा गरेका छन्। नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले आन्दोलन स्थगित भएको घोषणा गरेका छन्।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पनि माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनबाट व्याक भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित :२०८० बैशाख २१, बिहीबार १४:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry