राजस्वका शक्तिशाली १४ उपसचिवको समायोजन बदर
राजश्व समूहका शक्तिशालि १४ उपसचिवहरुको समायोजन संशोधन गराउन सफल भएका छन् । झण्डै २ बर्ष पछि उनीहरुले आफ्नो समायोजन बदर गरी केन्द्रमै कायम गराएका हुन् ।
गत ०७५ फागुनमा कर्मचारी समायोजन हुँदा संघबाट प्रदेशका कार्यलयहरुमा समायोजन भएका ती उपसचिवहरु सरकारले खटाएको ठाउँमा नगई केन्द्रमै बसेर अटेर गर्दै आइरहेका थिए ।
यसरी समायोजन भएका उपसचिवहरु थिए किशोर बर्तौला, जनार्दन पौडेल, घनश्याम पन्थी, अर्जुनकुमार न्यौपाने, राजेन्द्रप्रसाद चुडाल, दिलिप केसी, हरिहर पौडेल, ध्रुवप्रसाद पाण्डे, नवराज अर्याल, निरन भट्टराई, सुदिशकुमार अर्याल, तिलकबहादुर खड्का, गजेन्द्रप्रसाद यादव र दिनेश पाण्डे लगायत ।
कर्मचारी समायोजन पछि खटाइएको स्थानमा नगई उल्टै सर्बाेच्चको ढोका ढकढकाउन पुगेका थिए उनीहरु ।
सर्वोच्चतले प्रदेशमा नखटाउनू, जहाँ जहाँ कार्यरत छन्, त्यहीँ काम दिनू भनी अन्तरिम आदेश दिएको थियो ।
उनै उपसचिवको प्रभावमा परी विभागीय मन्त्री हृदयेश त्रिपाठीले उनीहरुको समायोजन बदर गर्ने प्रस्ताव क्याविनेटमा लगेको थियो । मन्त्रीको सो प्रस्तावलाई क्याविनेटले सदर गरेसँगै प्रदेशमा समायोजन भएका ती उपसचिवहरुलाई संघमै जागिर खाने बाटो खुलेको हो ।
अब उनीहरुलाई अर्थ मन्त्रालयमै हाजिर गराइने भएको छ ।
अर्थ सचिव शिशिरकुमार ढुंगानाका अनुसार ती उपसचिवलाई हाजिर गराइसकिएको छैन् । उनले भने प्रदेशबाट रमाना लिएर आउने क्रममा छन् । हाजिर हुँदै होलान् ।’