चक्रको चर्तिकलाले परराष्ट्रका कर्मचारीहरु चकित

आफू उपसचिव बन्न नपाउने भएपछि शाखा अधिकृत चक्र सुवेदी अहिले सो प्रक्रिया नै भाड्ने खेलामेलामा लागेका छन् ।

Advertisement 1

परराष्ट्रका सात अधिकृत उपसचिव बढुवा हुँदैछन् । लामो लफडा पछि सात अधिकृत कार्यसम्पादन मुल्यांकनमा आधारमा उपसचिवमा बढुवा हुन लागेका हुन । तर यो प्रक्रियामा आफू नअट्ने भएका कारण अदालती मुद्धा मामिला गरेर अरु अधिकृतलाई समेत बढूवाबाट बञ्चित गर्ने खेलोमा लागेका छन् चक्र सुवेदी ।

लामो समय लोकसेवा आयोगसँग रस्साकस्सी परेपछि परराष्ट्र सेवाका सात जना शाखा अधिकृतलाई कार्यसम्पादन मूल्याङ्कनबाट उपसचिवमा बढुवा हुने बाटो खुलेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक दरबन्दी भन्दै सात जनाको माग गरेर लोकसेवामा पठाएपछि तोकिएको सीट संख्यामा आफू नपर्ने निश्चित भएका कारण यो प्रक्रियाप्रति आपत्ति जनाउँदै भाँजो हालेका बढुवामा मुखमा रहेका एक अधिकृतले सु्नाए ।

Advertisement 2


अहिले बढुवा हुनेको सूचीमा शाखा अधिकृतहरू हरिहरकान्त पौडेल, रञ्जिता दाहाल,ऋषि आचार्य, सावित्रा वली,सिर्जना अधिकारी, रमेशचन्द्र चर्मकार र विजय राउत छन् । यी सात जनाको बढुवामा आफू कुनै हालतमा नपर्ने भएपछि लोकसेवा आयोगले प्रक्रिया आरम्भ गर्दा नै आठ जनाको बढुवा हुनुपर्ने भनेर मन्त्रालयलाई विपक्षी बनाई चक्रले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

चक्रले सर्वोच्च अदालतमा पुगेर दायर गरेको रिटमा अदालतले अन्तरिम आदेशसमेत दिइसकेको छ । यसरी उनले निजामती प्रशासनको सर्वमान्य सिध्दान्तविपरित बढुवाको मुखमा पुगेका सहकर्मी अधिकृतहरूलाई रोक्ने प्रपञ्च गरेपछि अरु रिसले आगो भएका छन् । सात जनाको बढुवासङ्गै २०६७ ब्याचका सबै अधिकृत उपसचिवमा उक्लने निश्चित छ । तर त्यसपछिका ब्याची चक्रलाई पनि अहिल्यै बढुवा हुनुपरेको स्पष्ट देखिन आउँछ ।

Advertisement 3

अहिले उपसचिवको लाइनमा सातौं दरबन्दीको निम्ति आठौं नम्बरमा परेका चक्र सुवेदी र मन्त्री डा नारायण खड्काको पिए बसेका कृष्ण सुवेदी “कृसु” एउटै पेटका दाजुभाइ हुन् । हालै राजदुत बनेका अर्काे दुर्गाबहादुर सुवेदी उनीहरुकै दाइ हुन ।

प्रकाशित :२०७९ कार्तिक २५, शुक्रबार १०:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry