वालुवाटारले भनेको नटेर्दा निर्वाचन आयोगका सहसचिवको सरुवा

अहिले एउटा बहस पेचिलो ढंगले उठिरहेको छ कान्तिपथतिर प्रचण्ड माधव नेपाल र ओलीमध्ये नेकपाको आधिकारिक को हो ?
अनि सूर्य चिन्ह कस्को ?
यही बहसकै बीचमा आयोगका कानुन माहाशाखा हेर्ने सह सचिव रातारात सरुवा भएका छन् ।

Advertisement 1

नेकपा टुक्रिएर आधिकारिताका लागि आयोगमा परेको निवेदनमाथि कामकारबाही चलिरहेका बेला कानुन महाशाखाका प्रमुखको सरुवा भएको हो ।राजनीतिक दलसम्बन्धी ऐनका आधारमा यो मुद्धालाई सुक्ष्म रुपमा हेरिरहेका एक सह सचिव राताराता कान्तिपथस्थित आयोगबाट लखेटिएका हुन् ।

त्यहाँका कानुन महाशाखाका प्रमुख लक्ष्मीप्रसाद गौतमलाई आयोगबाट कानुन आयोगतिर खेदिएको छ ।
उनी निर्वाचन आयोगमा पुगेका बर्ष दिन पनि भएको छैन् ।
गौतमलाई कानुन आयोगतिर खटाएर त्यहाँ पुष्कर सापकोटालाई पठाइएको छ । उनी गृह मन्त्रालयमा कार्यरत थिए ।
सहसचिव गौतम नेतृत्वको टोलीले नेकपा विवादको मुद्दा हेरिरहेको थियो । निर्वाचन आयोग स्रोतका अनुसार पछिल्लो समय गौतमलाई बालुवाटार (ओली पक्ष) ले सूर्य चिन्ह र पार्टीको बैधानिकता दिलाउनका लागि निरन्तर दवाव दिएको थियो । तर गौतमले राजनीतिक दलसम्बन्धी ऐनका आधारमा मात्र काम गर्न सक्ने बताउँदै आएका थिए ।

प्रकाशित :२०७७ पुष २९, बुधबार १५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम