पूर्वडीआईजी कोइरालालाई फेरि जेल फर्काइने, सर्वोच्चले उल्ट्यायो चोलेन्द्रको फैसला

निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको इजलाशले बर्ष दिन अघि गरेको एउटा विवादस्पद् निर्णयलाई सर्वोच्च अदालतले उल्टाइदिएको छ ।
सर्वोच्च अदालतका न्यायधीशत्रय कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको इजलाशले यसअघि प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र न्यायधीश तेजबहादुर केसीको संयुक्त इजलाशले गरेको एउटा विवाद्स्पद् फैसलालाई उल्टाइदिएको हो ।
पत्नी हत्या अभियोग लागेका तत्कालीन डीआइजी रन्जन कोइरालाको सजायमा भारी माफी दिने फैसलालाई सर्वोच्चको आजको इजलाशले उल्टाइदिएको छ । गत ०७७ असार १५ मा प्रधानन्यायाधीश राणा र तेजबहादुर केसीको इजलाशले रञ्जनमाथि भएको सजाय भारी भएको भन्दै ुआफ्नो चित्तमाु लागेको कारण यस अघिको २० बर्षको कैद सजालाई ८ बर्ष ६ महिनामा झार्ने फैसला सुनाएको थियो । । सो निर्णयलाई सर्वाच्च बर्षदिन पछि उल्टाइदिएको छ ।
सो इजलाशबाट भएको फैसलापछि जन्मकैद सजाय पाएका रञ्जन कोइराला डिल्लीबजार जेलमुक्त भएका थिए । तत्कालीन डिआइजी कोइरालाको पक्षमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संयुक्त इजलासले गरेको फैसला उल्टाउँदै सर्वोच्च अदालतले कोइरालालाई जन्म कैदको सजायमा सहुलियत दिन नसकिने फैसला सुनाएको हो।
रञ्जनले ६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका अभियोगमा ०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको थियो। सोही मुद्धामा गत असार १५ मा २० वर्षको कैदलाई ८ वर्ष ६ महिनामा घटाउने विवाद्स्पद् फैसला सर्वोच्चले उल्टाइदिएको हो ।सर्वोच्चको फैसलापछि कोइराला जेलबाट रिहा भएका थिए । अहिले कोइराला अमेरिकामा बसोबास गर्छन् ।

प्रकाशित :२०७९ जेष्ठ १२, बिहीबार १८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम