बर्षमा २०१ दिन बिदा :- कर्मचारीलाई मस्ती,सर्वसाधरणलाई सास्ती
सरकारले यही जेठ एक गतेदेखि सातामा दुई दिन शनिवार र आइतबार बिदा दिन थालेको छ । यो निर्णय कार्यन्वयनमा आएको आज दोश्रो साता हो । अहिले विदा नै पुनरावलोकन हुनुपर्ने आवाज कर्मचारी वृत्तबाटै उठ्न थालिसकेको छ । सातामा दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यन्वयन गर्ने कुरा व्यवहारिक नभएको कर्मचारीहरु नै बताउन थालेका छन् ।
Advertisement 1
यसरी सातामा अरु थप एक दिन बिदा थपिँदा बार्षिक अरु ५२ दिन बिदा थपिने र शनिवारसमेत सार्वजनिक बिदा हुँदा १०४ दिन सार्वजनिक बिदा पाइने भयो । चाड पर्व बिदा समेत जोड्दा अरु ४३ दिन बिदा थपिन्छ । यो राजपत्रमै प्रकाशन भएको बिदाको सूची हो । यस्का अलवा कर्मचारीहरुले पाउने अन्य बिदा जोड्ने हो भने उस्ले बर्षभरीमा १४७ दिन बिदा नै पाउने भयो । यसमा कर्मचारीले बर्षभरमा अरु ५४ दिन बिदा पाउँछन् । निजामती सेवा नियमावली अनुसार कर्मचारीका लागि पर्व बिदा ६ दिन भैपरी बिदा ६ दिन, घर बिदा हरेक १२ दिन काम गरेपछि १ दिन बिदाको दरले वर्षमा ३० दिन बिदा पाउँछन् ।
यो १२ दिनभित्र सार्वजनिक बिदा परे पनि सो कार्यदिनमै गनिने नियमावलीमा उल्लेख छ । त्यस्तै विरामी बिदा वर्षको १२ दिन पाउँछन् । यस अनुसार कर्मचारीले वर्षमा ५४ दिन बिदा नियमित रूपले पाउँछन्। त्यस्तै पर्व बिदामा ६ दिन मात्र उल्लेख भए पनि त्यो केवल नियमावलीमा सीमित छ । यो ५४ दिन पनि जोड्ने हो भने ३६० दिनमा कर्मचारीहरुले २०१ दिन बिदा पाउने भए । यस्का अलवा किरिया बिदा १५ दिन, महिला कर्मचारीको हकमा सुत्केरी बिदा ९८ दिन, श्रीमती सुत्केरी हुँदा पुरुष कर्मचारीलाई सुत्केरी स्याहार बिदा १५ दिन दिने व्यवस्था नियमावलीमा गरिएको छ । यसैगरी कर्मचारीले असाधारण बिदा आवश्यकता अनुसार र अध्ययन बिदा कार्यकाल भरिमा ३ वर्ष पाउँछन् । यी सबै बिदाको उपयोग गरेर पनि कर्मचारीले तलव भने पुरै पाउँछन् । यदि कुनै कर्मचारीले बिदा नलिई काम गरेमा बिदा सञ्चिति गरेबापत कूल बिदाको दिनको हिसाबमा थप तलव पाउँछन् ।यसरी बिदा पुनरावलोकन नगरी हचुवाका आधारमा बिदा दिँइदा सार्वजनिक सेवा प्रवाह ध्वस्त हुने भन्दै प्रशासनसिवद्हरुले सुझाएका छन् ।
Advertisement 2