स्वास्थ्य मन्त्री ढकालको भतिज र ज्वाईलाई सरकारी नियुक्ती

कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल फेरि विवादमा परेका छन् ।केही अघि उनकै दबाबमा उनी निकष्टस्थहरुलाई राजनीतिक नियुक्ति दिलाइएको भन्दै मन्त्री ढकाल आलोचनामा परेका हुन् ।

Advertisement 1


स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गरेका एक पछि अर्काे नियुक्तिहरु विवादित हुन थालेका छन् ।
केही अघि स्वास्थ्य विमा वोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सुर्य थापाको भाई चन्द्रबहादुर थापालाई निुयुक्ति दिलाएका ढकालले हालै मात्र आफ्ना भतिज र ज्वाइँलाई सरकारी नियुक्ति दिलाएका छन् ।
उनले भतिज र ज्वाईलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नियुक्ति दिएका हुन् । वीपी प्रतिष्ठान धरानमा ढकालका भतिज अमृत ढकाल र ज्वाइँ सुमन पन्त अधिकृतसरहको पदमा नियुक्ति पाएका छन् । मोरङ विराटचोक घर भएका अमृतको नियुक्ति जनसम्पर्क अधिकृत र विराटनगर घर भएका पन्तको नियुक्ति प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका कानुनी सल्लाहकारको रुपमा छ । दुवैजनाले गत ११ कात्तिकमा नियुक्ति पाएका थिए ।
मन्त्री ढकालको दवावमा भतिज र ज्वाइँलाई उपकुलपति गिरीले नियुक्त गरेका हुन् । पन्त ढकालका बहिनीज्वाइ हुन ।
अहिले त्यहाँ सल्लाहकारमात्र १० जना पुगेका छन् ।त्यहाँ गोविन्द श्रेष्ठलाई प्राविधिक सल्लाहकार,शिशिर राईलाई प्रेस संयोजक,अमित कडरिया आर्थिक सल्लाहकारया, स्वकीय सचिवकै रूपमा मनोज घिमिरे कार्यरत छन् ।

वीपी प्रतिष्ठानमा कानुनी सल्लाहकारमात्र तीन जना छन् । त्यहाँ मन्त्री मात्र होइन उनका सचिव भुवन खतिवडाका दाजुले पनि नियुक्ति पड्काएका छन् । भुवनको दाजु चिरञ्जीवीले त्यहाँ कानुनी सल्लाहकारको जिम्मेवारी पाएका छन् ।

Advertisement 2

प्रकाशित :२०७७ मंसिर १०, बुधबार १५:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry