अर्को अध्यादेश ल्याउने सरकारको तयारी

 

Advertisement 1

सरकारले फेरि अर्काे अध्यादेश ल्याउने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका लिलानाथ श्रेष्ठले यस्को संकेत गरेका हुन् ।
उनले निजामती कर्मचारीको मूल कानून संघीय निजामती सेवा ऐन अध्यादेशबाट ल्याउन सकिने संकेत गरेका छन् ।
सरकारको सिफारिसमा पछिल्लो एक बर्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो एक बर्षमा मात्र २१ वटा अध्यादेश जारी गर्नु भएको देखिन्छ ।
अघिल्लो बर्षको वैशाखमा दल फुटाउने सम्बन्धी अध्यादेशबाट व्याक हुनुभएको प्रधानमन्त्री ओलीले पछिल्लो एक बर्षमा संसद हुँदाहुँदै सो संसदलाई छलेर २१ वटा अध्यादेश जारी गरी सरकार चलाउनुभएको हो ।
गत बर्ष वैशाखमा संवैधानिक परिषद्कासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ ल्याउने प्रयाश भएपछि चौतर्फी विरोध पछि व्याक हुनुभएको प्रम ओलीले त्यसको सात महिना पछि गत बर्ष मंसिर ३० मा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ जारी भएको थियो ।


यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७,औषधि (तेस्रो संसोधन) यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन ) ०७७ सालमा जारी भएका अध्यादेश हुन भने ०७८ साल लागेपछि यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, औषधि )तेस्रो संशोधन) अध्यादेश, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन)नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, गरी एकै पटक सात वटा अध्यादेश जारी भयो । यस्तै वैशाख तेश्रो साता रेल्वे अध्यादेश, २०७८ जारी भएको थियो । यस्तै नागरिकतासम्बन्धी अध्यादेश जारी भएकोमा जस्लाई सर्वाेच्चले उल्टाइदिएको छ ।

Advertisement 2

यता मन्त्री श्रेष्ठले निजामती सेवा ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताएका हुन् । राष्ट्रसेवक कर्मचारीको मनोबल उकास्न अध्यादेश ल्याउन जरुरी भएको उनको भनाई छ ।

उनले भने, ‘राष्ट्रको स्थायी सरकारले मनोबल गिर्‍यो भने कसरी काम गर्छ ? त्यसै कारणले यो ओझेलमा राख्नु हुँदैन जानुपर्छ भनेर मेरो, मुख्यसचिवको सहमति भएर अगाडि बढाउने कुरा भएको थियो । तर नागरिकता अध्यादेशको रिजल्ट आइसकेपछि फेरि हामी अलिकति स्टप भयौँ । यो हाउसबाट अहिले तत्कालै निजामती ऐनको निर्णय होला/नहोला त्यो अन्योल नै छ । यसतर्फ हाम्रो गम्भीर ध्यान गएको छ । हाउस नचलेको ल्याउन सकिने भनेको छ संविधानले । त्यसकारण यो लग्नुपर्छ भन्नेमा नै छु म चाहीँ । अध्यययन गर्दैछौँ के गर्ने भन्नेमा ।’

संसदको समितिबाट पास भएपछि निजामती सेवा ऐनको बिधेयक रोकिएको थियो । जसकारण प्रदेश सरकार बनेको साढे तीन वर्ष हुँदा पनि नयाँ ऐन आउन सकेको छैन । सर्वोच्च अदालतले नागरिकतासम्बन्धि अध्यादेश रोक्दै अत्यावश्यक अवस्थामा मात्र अध्यादेश ल्याउन सरकारलाई चेतावनीपूर्ण आदेश दिइसकेको छ ।

प्रकाशित :२०७८ असार ११, शुक्रबार १८:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry