सामान्यको प्रवक्तामा तमाङ,अर्थमा आनन्द काफ्ले
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी रुद्रमान सिंह तमाङले पाएका छन् । सह सचिव बसन्त अधिकारी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गएसँगै रिक्त रहेको प्रवक्ताको जिम्मेवारी तमाङलाई दिइएको हो ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासनको योजना तथा विकास सहायता समन्वय महाशाखाको प्रमुखको समेत जिम्मेवारीमा रहेका उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । यस अघि पर्यटन विभाग,पर्यटन मन्त्रालय,बागमती प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा समेत बसेका तमाङ काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा समेत काम गरिसकेका छन् ।
यस्तै गरी अर्थ मन्त्रालयको प्रवक्ताको जिम्मेवारी आनन्द काफ्लेलाई दिइएको छ । यस अघिका प्रवक्ता ढुण्डी निरौला सरुवा भएसँगै अर्थको प्रवक्ताको जिम्मेवारी काफ्लेलाई दिइएको हो ।