स्वास्थ्यका ११ औं तहका कर्मचारीहरुको सरुवा,को कहाँ पुगे ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका कर्मचारीको सरुवा गरेको हुन ।
जसअनुसार स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा डा सर्बेश शर्मालाई निर्देशकको रुपमा पदस्थापन गरिएको छ । यसअघि निर्देशक रहेका डा रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका छन् । यस्तै कारागार अस्पतालको निर्देशकको जिम्मेवारी डा प्रकाश बुढाथोकीले पाउँदा प्रदेश एक को मुख्यमन्त्री कार्यालयमा डा राधिका थपलियालाई पठाइएको छ । यस अघि त्यहाँ नारायण ढकाललाई खटाइएको भए पनि यनले अटेरी गरेसँगै सो स्थानमा थपलियालाई पठाइएको हो। त्यसैगरी, कोशी अस्पतालको मेसुमा लक्ष्मीनारायण यादवलाई जिम्मा दिइएको छ।

प्रकाशित :२०७९ भाद्र १६, बिहीबार १०:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry