दीप बस्नेतझैं फरार हुने गोप्य सूचना पाएपछि प्रहरीले पच्छाएको थियो सचिव राउतलाई
ललिता निवास जग्गा प्रकरणमा जोडिएका सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलबाट विराटनगरतर्फ जान लाग्दा उनलाई बिमानस्थलबाट पक्राउ गरेको हो ।
Advertisement 1
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राउतलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज साँझ नियन्त्रणमा लिएको हो । यति एयरको एनवाईटि-७९३ नम्बरको उडानबाट विराटनगर जाने क्रममा साँझ सवा पाँच बजे ब्युरोको टोलीले जहाजको ढोकाबाट उनलाई समातेको बताइएको छ ।
नेपाल नै छाडेर विदेशिने तयारी गरेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनलाई विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।राउतले विराटनगर हुँदै भारत जाने र त्यतैबाट तेश्रो मुलुक जान लागेको सूचनाका आधारमा उनलाई एयरपोर्टबाट पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ ।
फौजदारी आरोपमा पक्राउ पर्ने राउत नेपाल सरकारका दोस्रो बहालवाला सचिव हुन् । यसअघि नक्कली भुटानी शरणार्थी प्रकणरमा सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।
उनी भौतिक योजना मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा यस प्रकरणमा जोडिएका थिए। ०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए । त्यतिखेर विजय गच्छदार मन्त्री र सचिव थिए दीप बस्न्यात ।
Advertisement 2
सो प्रस्तावमा तत्कालीन सह–सचिव नारायणगोपाल मलेगोले टिप्पणीमा राय सहित पेश गरेका थिए ।यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।