चुनावको मुखैमा दुई सचिव र दुई सहसचिवको सरुवा
सरकारले निर्वाचनको मुखैमा दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ भने दुई जना सहसचिवको पनि सरुवा गरेको छ । हिजो सरकारी निवास वालुवाटारमा बसेको बैठकले एक सचिवको बढुवा लगतै उनको पदस्थापना टुंग्याउँदै दुई सचिवको सरुवा गरेको हो । सहसचिव केशव शर्मालाई सचिवमा बढुवा गर्दै उनलाई जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पदस्थापन गरेको छ ।
बढुवा सिफारिस समितिले बढुवाका लागि तेश्रो नम्बरमा नाम सिफारिस गरेको शर्मालाई बढुवा गर्दै तत्कालै जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पदस्थापन गरेको छ ।
Advertisement 1
यस्तै सहसचिवद्धय दिनेश कुमार घिमिरेलाई उर्जा मन्त्रालयमा सरुवा गरी सुशिल चन्द्र तिवारीलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा पठाइएको छ ।
उता,सुपारी तस्करी प्रकरणमा जोडिएका सहसचिव झलकराम अधिकारीलाई हरिहरभवनबाट तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्काइएको छ ।
Advertisement 2
साढे चार महिना अघि अर्थात गत साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोही मातहतको राजश्व अनुसन्धान विभागको नेतृत्वको जिम्मेवारी पाएका त्यहाँका हाकिम झलकराम अधिकारीलाई सिंहदरबारमा तानेर त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मदन दाहाललाई खटाइएको छ ।
अधिकारी राजश्व विभागको हाकिम खानकै लागि ५ महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा बसेका थिए । यसअघि सहकारी विभागको रजिष्टार रहँदा बदनामी कमाएका उनको हाल भएको सरुवालाई सरकारी अधिकारीहरुले सुपारी तस्करीको घटनासँग जोडेर हेरेका छन् ।