‘सचिवालयबाट सन्तृष्ट छैन’ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सचिवालय र प्रधानमन्त्री कार्यालयको काम बाट आफू सन्तृष्ट नभएको प्रतिक्रिया दिएका छन् ।
बुधबार संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले यस्तो जबाफ दिएका हुन ।
सांसद रघुजी पन्तले तपाई प्रधानमन्त्री कार्यालयको सचिवालय र कार्यालयको कामबाट सन्तृष्ट हुनुहुन्छ भन्ने प्रश्न राखेका थिए । सो प्रश्नको जबाफ दिँदै प्रधानमन्त्रीले यस्तो जबाफ दिएका हुन ।
यस अघि अमरेश कुमार सिंहले प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिवहरु उत्साहित हुनुपर्नेमा झोक्राएर बस्ने गरेको जिज्ञासा राखेका थिए ।

Advertisement 1

प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त गरिएको छ । यस्तै प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फबाट नवराज ढुंगाना रहेकोमा उनी राजश्व अनुसन्धान विभागमा खटाइसगैं अर्जुन भण्डारीलाई त्यहाँ लगिएको छ । यस्तै स्वकीय सहसचिवमा गोकर्ण भट्टलाई राखिएको छ ।यस्तै शाखा अधिकृतहरू सागर केसी, सन्तोष ढुंगाना र मोहोदत्त अधिकारीहरू सचिवालयमा सक्रिय छन् ।

प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् । यस्तै जेठानकी श्रीमती सावित्रा अधिकारी, छोरी रेणु दाहालका नन्दज्वाइँ बुद्धि जिसीलगायत आफन्तलाई सचिवालयमा राखिएको छ । जनसम्पर्क सल्लाहकारमा कल्पना धमलाका पति देवेन्द्र पराजुली छन् । प्रेस सल्लाहकार रहेका पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य कार्यरत छन् । यस्तै स्वकीय उपसचिवमा ओमकुमारी पौडेल, रमेश गुरागाई, सावित्री अधिकारी, गोकर्ण भट्ट छन् । सूचना प्रविधिविज्ञ प्रकाश रायमाझी नियुक्त भएका छन् । एउटा प्रधानमन्त्रीका लागि एक जना प्रेस सल्लाहकार र उनलाई सघाउने एक जना संयोजक भए पुग्ने हो । तर, विभिन्न नामका पद सिर्जना गर्दै निकटस्थ पोसिएको छ ।

Advertisement 2

यस्तै मुलुकको प्रशासनिक संयन्त्रमा आधा दर्जन सचिवहरु थुपारिएको छ । बैकुण्ठ अर्याल मुख्यसचिव बनाइएको छ भने यादवप्रसाद कोइराला घर फर्किएका छन् । अहिले त्यहाँ कानुन हेर्ने गरी उदयराज सापकोटा,गणेशप्रसाद पाण्डेय,खगेन्द्रप्रसाद नेपाल (विशेष दरबन्दी),मणिराम गेलाल,एकनरायण अर्याल,टेकनरायण पाण्डे (अतिरिक्त) गरी सात सचिवलाई त्यहाँ राखिएको छ ।

प्रशासन, आर्थिक तथा पूर्वाधार र कानुन हेर्ने एक एक जना गरि तीन सचिव भए पर्याप्त हुने ठाउँमा सचिवको भीड लगाउन थालिएपछि प्रधानमन्त्री कार्यालयमा सचिव लगिँदा कारवाही गरिएको ठान्न थालिएको छ ।

प्रकाशित :२०८० असार १३, बुधबार १३:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry