न्याय सेवाका दुई सचिव, दुई सहसचिवसहित ८६ अधिकारीको सरुवा, हेर्नुस् सूची

न्याय सेवा आयोगले ८६ जना न्याय सेवाका अधिकारीहरुको सरुवा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा आइतबार बसेको आयोगको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना अधिकारीलाई सरुवा गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा बसेको आयोगको बैठकले सरुवाको निर्णय गरेको हो । महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिवसरह) का श्याम भट्टराईलाई वेपत्ता नागरिकको छानविन आयोगमा सरुवा गरिएको छ भने त्यहाँका सचिव कृष्णजीवि घिमिरेलाई महान्यायाधिवक्ता कार्यालय सरुवा गरिएको छ ।

Advertisement 1

उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंह उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा भएका छन्, त्यहाँ कार्यरत ठगिन्द्र कट्टेल पाटनमा आएका छन् ।

प्रकाशित :२०७८ श्रावण ३२, सोमबार ०६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry