स्थानीय सरकारी सेवाका लागि प्रदेश लोकसेवा आयोगद्वारा आवेदन आह्वान

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थानीय सरकारी सेवाको प्राविधिकतर्फका चौथो तहका विभिन्न पदमा आवेदन आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन माग गरेको हो ।
Advertisement 1
योग्यता पुगेकाहरूले अनलाइनबाट दरखास्त दिन सक्ने तथा परीक्षाबाट छनोट भएकाहरूको प्राथमिकता क्रम अनुसार नियुक्तिका लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ ।
कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि विभिन्न स्थानीय तहहरूबाट प्राप्त माग सङ्ख्याको प्रतिशत निर्धारण गरी कायम भएका आ.प्र. र बढुवाद्वारा पूर्ति हुने पद सङ्ख्याको विवरण आयोगको अभिलेखमा सुरक्षित राखिएको छ ।
Advertisement 2
प्रकाशित :२०८० बैशाख १४, बिहीबार ०८:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%