को बन्लान आन्तरिक राजश्व विभागको नयाँ हाकिम ?
सरकारले हालैमात्र ६ जना सह सचिवहरुको सरुवा गर्यो । यसरी सरुवा भएका सहसचिवमध्ये आन्तरिक राजश्व कार्यलयका विनोद कुँवर,शहरी विकास तथा भवन निर्माणका चक्रवर्ति कण्ठ,धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्त, कर्णाली प्रदेशको उद्योग मन्त्रालयका कृष्ण प्रसाद आचार्य, वन मन्त्रालयका मोहनदेव जोशी र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका राम प्रसाद घिमिरे छन्।
Advertisement 1
आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद कुँवरको घर पायक गण्डकी सरुवा भएपछि नयाँ महानिर्देशकको खोजी भएको छ । कुँवर घर पायक पारेर पोखरा गएपछि महानिर्देशकमा केही वरिष्ठ सहसचिवहरूको खोजी र रुची बुझ्न थालिएको बताइन्छ । प्रवल दावेदारका रुपमा दीर्घराज मैनाली,चन्द्रकला पौडेल र बलराम रेग्मीको नाम चर्चामा छ ।
अहिले विभागको महानिर्देशकमा सबैभन्दा धेरै दाबेदारी प्रधानमन्त्री कार्यालय मातहत राजश्व अनुसन्धान बिभागका महानिर्देशक दीर्घ मैनालीको देखिन्छ ।
Advertisement 2
त्यसैगरी चन्द्रकला पौडेललाई पनि अर्को दाबेदारको रूपमा हेरिएको छ । उद्योग विभागका बलराम रेग्मीले पनि आफू दाबेदार रहेको संकेत दिएका छन् । स्रोतका अनुसार आन्तरिक राजश्वको महानिर्देशकमा मुख्य गरी मैनाली, पौडेल र रेग्मी तीनजना प्रमुख दाबेदार देखिएका हुन् ।
बलराम रेग्मी उद्योगभन्दा पहिले अर्थमै थिए । उनी ठूला करदाता कार्यालयको हाकिमसमेत भएका थिए । उपसचिवमा पनि उनी राजश्वतर्फका नै थिए । रेग्मीलाई करका जानकारहरूमध्येको एक भनिन्छ । हुन तः अहिले चर्चामा आएका तीनैजना करका जानकार र क्याडर रहेको बताइन्छ ।
Advertisement 3
दीर्घ मैनाली बिराटनगर र बानेश्वर कार्यालयमा रहँदा करमा कडा गरेको भन्दै तहल्का मच्चिएको थियो । त्यसैले कर छली गर्न रुचाउनेले उनलाई हतपति मन पराउँदैनन् । बलराम रेग्मीचाँहि नेकपा नेता दिनानाथ शर्माका भाञ्जी ज्वाईं हुन् । चन्द्रकला पौडेल स्याङ्जाकी हुन् । उनलाई अर्थमन्त्री विष्णु पौडेल निकटको ठानिन्छ । तर, चन्द्रकलाले पाएसम्म र मिलेसम्म मन्त्रालयतिरै बस्ने इच्छा राखेको स्रोतको दाबी छ ।