सामान्य प्रशासनको निर्देशन टेर्लान त स्थानीय तहले ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई कर्मचारी भर्ना गर्दा प्रक्रिया पुर्याउन निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहहरुलाई करार कमर्चारी लिने विषयमा प्रक्रिया नपुर्याए कारवाही गर्ने चेतावनी समेत दिएको छ । मन्त्रालयले कर्मचारी लिँदा लोकसेवा आयोगबाटै गर्न परिपत्र गरेको छ ।

Advertisement 1

मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलद्धारा हस्ताक्षर गरिएको परिपत्रमा सबै स्थानीय तहहरुलाई लोकसेवा आयोगबाटै कर्मचारी पदपूर्ती गर्न भनेको हो । मन्त्रालयले करारमा कर्मचारी नियुक्ती नगरी लोकसेवा आयोगबाटै पदपूर्ती गर्न भनेको हो । यसअघि करारमा भएका कर्मचारीहरुलाई एकमुष्ठ रुपमा हटाइ पुनः सयौंको संख्यामा विज्ञापन गरेको र खाली पदमा लोकसेवा आयोगबाट पदपूर्ती नगरेको परिपत्रमा उल्लेख छ ।

Advertisement 2

 

प्रकाशित :२०७९ श्रावण १९, बिहीबार १२:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry