सिआइबीको टोली किन छिर्यो सचिवकोमा ?
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको एउटा टोली सोमबार अपरान्ह सिंहदरबार छिरेको छ ।
बाँसबारी छालाजुत्ता प्रकरणमा थप अनुसन्धान गर्न,प्रमाणहरु जुटाउन कागजातहरु टोली सोमबार अपरान्ह भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पुगेर फर्किएको हो । काठमाण्डूको उत्तरी क्षेत्रमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना भएको विषयमा थप अनुसन्धान गर्न सिइआबीको टोली केही अघि भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको कार्यकक्षमा पुगेर झण्डै डेढ घण्टा छलफल गरेर त्यहाँबाट फर्किएको हो ।
Advertisement 1
सिआइबीको टोली दिँउसो तीन बजे सचिव दुवाडीको कार्यकक्षमा छिरेको थियो । सचिवको कार्यकक्षमा डिल्लीबजार मालपोतका हाकिम,मन्त्रालयका कानुन शाखाका कर्मचारीहरु बसेर सिआइबीको टोलीसँग छलफल भएको बताइएको छ । सिआइबीको टोली साढे चार बजे त्यहाँबाट फर्किएको मन्त्रालय स्रोतले जनाएको छ ।
सिआइबीले यो प्र्रकरणमा एक जना नेपालको ठूलो व्यावसायिक घरानाले सञ्चालन गरेको सीजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरीका अलवा अरु दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका हुन । सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ सञ्चालन गरिरहेको छ । २०७५ मा जग्गा चाँदबाग रेसिडेन्सी प्रा लिमा रुपान्तरण भएको भेटिएको छ ।
Advertisement 2
यो प्रकरणमा अरु पनि व्यक्तिहरु जोडिएको हुन सक्ने भन्दै थप अनुसन्धान गर्नका लागि लाइन मिनिष्ट्री भएका कारण सिआइबीको टोली थप बिषय बुझ्नका साथैं कागजात लिन सचिव गोकर्णमणि दुवाडीको कार्यकक्षमा पुगेको जनाइएको छ ।