यसरी सफल हुनुभयो विनोदप्रकाश सिंह

विनोदप्रकाश सिंह संघीय गृह मन्त्रालयको नेतृत्वमा हुनुहुन्छ । राजनीतिक नेतृत्व गृहमन्त्रीले गर्नुहुन्छ भने सम्पूर्ण प्रशासनको अगुवाइमा सचिव नै हुनुहुन्छ । गृहसचिव आफैँमा शाक्तिशाली ओहोदा हो । जहाँबाट सम्पूर्ण मुलुकको शान्ति, अमनचयन, सुरक्षा र सुशासनको कमाण्ड गरिन्छ ।

Advertisement 1

राजनीतिज्ञहरु गृहमन्त्रीको लालचामा हुनुहुन्छ भने विशिष्ट श्रेणीका सचिवहरु गृह सचिवको । राजपत्र विशिष्ट श्रेणीका कर्मचारीहरुबीच यो आकर्षणका पद हो । गृह सचिव सिंह यस कुर्सीमा बस्नुअघि ३६ वटा कुर्सीमा बस्नुभएको छ । ३६ वटै कार्यालयमा जिम्मेवारी निभाएर, पाका र अनुभवसहित उहाँ गृहमा पुग्नुभएको व्युरोक्रेट । सिंहले प्रमुख जिल्ला अधिकारीको रुपमा चार वटा जिल्ला कमाण्ड गरिसक्नुभएको छ । प्रमुख जिल्ला अधिकारी भएका नेपाल सरकारका सचिवहरु गृह मन्त्रालयको दाबेदारी गर्छन् । गृह सचिव हुन सबैको लालच र चाहना हुन्छ । विगतका अपवादबाहेक । सिडिओ भएर जिल्ला चलाएका व्यक्तिलाई नै सो जिम्मेदवारी दिने गरिएको हो । साथै, उनीहरुबीचको प्रतिस्पर्धा रोचक बन्दछ ।आमसञ्चारका माध्यमहरुमा यो विषयहरुको चर्चा हुन्छ र लख काटिन्छ । एक अर्काबीचको प्रतिस्पर्धामा एक अर्काबाट अब्बल दर्जाको र कोहीभन्दा कोही कम नभएको दाबी एकअर्काले गर्छन् । साथै, टिक्नको लागि पनि त्यस्तै मेहेनत गर्नुपर्छ । सरकारको बनोट र सोचले छनौट हुने यो ओहोदा पनि हो गृह सचिवको कुर्सी ।
यसअगाडि हालको कोशी प्रदेशमा आन्तरिक मामिला मन्त्रालयको सचिवको साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागमा महानिर्देशक चलाइसक्नु भएका सिंह सूचना तथा सञ्चार मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा केही समय काम गर्नुभयो । सोभन्दा अगाडि कृषि तथा पशुपन्छी मन्त्रालय, जलस्रोत मन्त्रालय, स्थानीय विकास मन्त्रालयहरुमा उनको पोटङ्गि थियो । उनी ललितपुर महानगरपालिकाका साथै विभिन्न जिल्लाहरुमा एलडिओका रुपमा समेत कार्यअनुभव छ,उहाँसँग ।

यसरी सिंहको पोस्टिङ्ग गणना गर्दै जाँदा तीन दर्जनभन्दा बढी अफिस तथा कार्यालय पुग्छ । २०४३ सालमा एक सुब्वाको जागिर थाल्नुभएको उहाँको धोको चाहिँ वकालत गर्ने न्याय सेवामा लाग्ने थियो ।
संगत अनुसारको फल भनेझैं उहाँको संगत स्याङ्जा जिल्लाका साथीसङगीहरुसँग भयो । त्यहीबाट उहाँको मन मोडियो । उहाँ भन्नुहुन्छ, स्याङ्जातिरका साथीहरुको बीचमा कसरी निजामती सेवा पाउने र जागिर कसरी राम्रो गर्ने भन्ने विषयमा चर्चा र छलफल हुने गर्दथ्यो आफ्नो मन पनि विस्तारै त्यतातिर मोडियो । त्यसपश्चात् २०४३ साल सुब्वाबाट बढुवा हुनका लागि लोक सेवाको परीक्षामा सहभागी हुनुभयो । जहाँ सिंहले सम्पूर्ण सहभागिमध्येबाट प्रथम स्थान हासिल गर्नुभयो । तिनताकको चर्चित पत्रिका अन्तराष्ट्रिय मञ्च (मासिक पत्रिका)मा उहाँको अन्तवार्ता र स्वअन्तवार्तासँगै फोटो कभरमा छापियो ।

Advertisement 2

सिंहकै शब्दमा हाम्रो ब्याच नै एक्सिलेन्ट रह्यो । कलान्तरमा हामी धेरैजना उच्च पोस्टसम्म पुग्न सफल भयौँ । त्यही व्याचका सिंह गृह मन्त्रालय सम्हालेका छन्,मुख्यसचिव शंकरदास वैरागी,यस अघिका मुख्यसचिव लोकदर्शन रेग्मी,हाल केन्द्रिइ तथ्यांक विभागमा रहनुभएका रामप्रसाद थपलिया, प्रम कार्यालयमा रहेका सचिव वैकुण्ठ अर्याल, केवलप्रसाद भण्डारीलगायत अर्थ मन्त्रालयका पूर्व सचिवहरु क्रमशः शंकर अधिकारी, राजन खनाल, शान्तराम सुवेदीका अलवा मधुसुधन अधिकारीका एक दर्जन बढी कर्मचारीहरु सचिवका रुपमा काम गर्न सफल रहे ।

गृह सचिव जति क्रेज र चार्मको कुर्सी हो, उति नै चापको पनि हो । ती कुरा गृह चलाएका पहिलाका सचिवहरु पनि बताउनुहुन्छ । साँझबिहान पनि व्यक्तिगत कामका लागि फुर्सद हुदैँन । काठमाडौँ बाहिर गएर आफन्तको विवाह, व्रतबन्धमा समेत जान समय हुदैँन । इमरजेन्सीबाहेक काठमाडौँ छोड्न सजिलो छैन । फोन उठाउन त भ्याइदैँन, परिवारसँगको घुमफिर त बाहिरको कुरो हो । रातको १ देखि २ बजेसम्मको समयसम्म जागराम बसेर माथापिच गर्दै काम गर्नुपर्ने अवस्था पनि हुन्छ । त्यसकारण ३६५ दिन र रात नै गृहसचिव ड्युटीमै हुन्छन् । त्यसैले, विनोदप्रकाश भन्नुहुन्छ, २४ सै घण्टा हामी कर्मचारी हौँ । हाम्रो २४ घण्टा नै सरकारको हो । यो ऐनमै किटान गरिएको छ ।

Advertisement 3

यी अनुभव विनोदप्रकाशसँग पनि छ । उहाँले ईकर्मचारीसँग आफ्नो अनुभव सुनाउनुभयो । गृह आफैँमा क्रसकटिङ्ग निकाय पनि हो । शान्तिसुरक्षाका साथै अन्य निकाय र संयन्त्रसँग समन्वय, सुरक्षा र सहजीकरण गर्नुपर्ने दायित्व हुन्छ,गृहसँग । गृह मन्त्रालय र यस संयन्त्रका कर्मचारीहरु क्रुर हुन्छन् भन्ने चर्चा बारे चासो राख्दा सिंहले आफु पनि कहिलेकाँही यस्तो अनुभव गर्ने गरेको बताउनुभयो ।
जतिखेर सिंह कपिलवस्तु जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा हुनुहुन्थ्यो,त्यस समय आगलागीबाट पीडित भएका पीडितहरु राहत माग्न आउँदा उल्टै एक घण्टा थुनेको विषयले अहिले पनि ग्लानि भएको र सोही दिन उहाँहरुसँग माफी मागेको सुनाउनुभयो । यति भनिरहँदा उहाँ भावुक हुनु भएको थियो ।

सिंह भन्नुहुन्छ,हामी त जनताको सेवक हौँ । तर कहिलेकाँही त्यस्ता घटना हुन जान्छन् । यो ज्यादै दुःखद कुरा हो । यहाँनेर हामी सजग र सचेत रहनुपर्छ । उहाँले कहिले पनि मान र तक्माका लागि मरिहत्ते गर्नुभएन । त्यसकारण उहाँले अहिले एक मात्र पदक सेवा श्री तृतीय मात्रै पाउनुभएको छ ।
कैलालीको धनगढीको हसनपुरमा जन्मिएका सिंहले त्यँहीको चुरे गाउँपालिकाको स्कुलमा माध्यमिकसम्मको अध्ययन गर्नुभो । सोपश्चात् उच्च शिक्षाको लागि काठमाडौँ आउनुभयो र वकालतमै माध्यमबाट न्यायालयमा पुग्ने उहाँको सोच थियो । हाल उहाँ वकालतमै रहनुभएको भए सर्वोच्च अदालतमा माननीय न्यायाधिश वा सम्मानीय प्रधानन्यायाधीश भइसकेको हुनुहुन्थ्यो ।

प्रस्तुति :-राजकुमार राय

प्रकाशित :२०७९ चैत्र २६, आईतवार ०६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry