२२ वर्षदेखि बिना काम तलब खाइरहेका छन् १२ कर्मचारी
काठमाडौं। बाहिरी चक्रपथ विकास आयोजनामा सरकारले हालसम्म १४ करोड ८४ लाख रुपैयाँ खर्च गरिसकेको छ। विस २०५८ सालमा अवधारणा आएको उक्त आयोजनाको सम्भाव्यता अध्ययनबाहेक केही काम भएको छैन।
Advertisement 1
काठमाडौं उपत्यकाका तीनै जिल्लामा नयाँ व्यवस्थित सहर निर्माणका ७२ किलोमिटर लम्बाईको उक्त आयोजनाको अवधारणा ल्याए पनि हालसम्म सम्भाव्यता अध्ययन मात्रै भएको छ। सोबाहेक आयोजनाका लागि आर्थिक वर्ष २०६०/६१मा जग्गा अधिग्रहणका लागि ५६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो।
हाल उक्त लागत ३ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। उक्त आयोजनामा २ जना स्थायी र १० जना करारका कर्मचारीले वर्षेनी तलब, भत्ता खाइरहेका महालेखा परीक्ष कार्यालयको ६१औं प्रतिवेदनले औंल्याएको छ।
Advertisement 2
कर्मचारीका लागि सेवा, सुविधा, प्रशासनिकलगायतमा हालसम्म १४ करोड ८४ लाख रुपैयाँ खर्च भए पनि भौतिक पूर्वाधार निर्माणको काम नभएको महालेखाको ठहर छ।