यी हुन संघीय सरकारलाई नटेर्ने १५ स्थानीय तह

चालू आर्थिक वर्ष २०७७्७८ को ६ महिना समय व्यतित भइसक्यो । १४ वटा स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् । नियम अनुसार आर्थिक बर्ष शुरु हुनु अगावै बजेट ल्इाइसक्नुपर्ने हो । प्रत्येक असार १० मा बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था विपरित १४ स्थानीय तहले अझै पनि बजेट पेस गरेका छैनन् । अटेरी गर्दै आएका छन् । यसरी अटेरी गर्नेमा अधिकांश २ नम्बर प्रदेशका छन् ।
यस्तै देशभरका ७५३ स्थानीय तहमध्ये १५ स्थानीय तहले आम्दानी र खर्चको विवरण दिन अटेर गरेका छन् । स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रमा स्थानीय तहको आम्दानी र खर्चको विवरण दाखिल गराउनुपर्ने व्यवस्था भए पनि १४ स्थानीय तहले अटेरी गरेका हुन् ।
यसरी अटेरी गर्ने स्थानीय तहमा प्रदेश २ का छिन्नमस्ता गाउँपालिका सप्तरी, नरहा गाउँपालिका सिरहा, कमला नगरपालिका धनुषा, धनौजी गाउँपालिका धनुषा, मलंगवा नगरपालिका सर्लाही, हरिपुर्वा नगरपालिका सर्लाही, कटहरिया नगरपालिका रौतहट, बौधीमाई नगरपालिका रौतहट, राजदेवी नगरपालिका रौतहट छन् । त्यस्तै, अन्य स्थानीय तहमा मोलुङ गाउँपालिका ओखलढुंगा, आमाछोदिङमो गाउँपालिका रसुवा, सूर्यगढी गाउँपालिका नुवाकोट बाग्मती प्रदेशका स्थनीय तह छन् । त्यस्तै, कर्णाली प्रदेशका अदानचुली गाउँपालिका हुम्ला, महावै गाउँपालिका कालीकोट र बुढीगंगा नगरपालिका बाजुरा रहेका छन् ।
Advertisement 1
पारदर्शी सार्वजनिक खर्च प्रणाली कायम गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले यो व्यवस्था गरेको हो ।