कर्मचारीको सरुवामा झडप,१५ सेल टियर ग्यास प्रहार
कर्मचारी सरुवाको विषयलाई लिएर भएको विवाद र झडपका कारण बारामा घम्साघम्सी भएको छ । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा कार्यरत केही कर्मचारी सरुवा गरिएपछि त्यहाँ झडको स्थिती बनेको बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभएको छ । उहाँका अनुसार विवाद उग्र भए पछि त्यसलाई साम्य पार्न प्रहरीले अश्रु ग्यास समेत प्रहार गर्नु परेको थियो ।
सो नगरपालिकाको शिक्षा र स्वास्थ्य शाखा संयोजक र केही कर्मचारीलाई त्यहाँबाट हटाएर अन्यत्र सरुवा गरिएकोमा कर्मचारीहरुबीच विवाद उत्पन्न भएको थियो ।
Advertisement 1
एकथरिले सरुवा ठीक र अर्काथरिले बेठीक भनेपछि घम्साघम्सी भएको प्रमुख जिल्ला अधिकारी कटवालको भनाई छ । घटनामा प्रहरी, कर्मचारी र सर्वसाधारण गरेर ११ जना घाइते भएका छन् । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भई फिर्ता गएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।
अहिले साढे ११ बजे जिल्ला प्रशासन कार्यालयले घटनासँग सम्बन्धित पक्षलाई वार्ताका लागि बोलाएको छ ।