प्राथमिक तह तृतीय श्रेणीका करिव साढे चार हजार शिक्षकका लागि विज्ञापन आव्हान, सबैभन्दा धेरै बागमती प्रदेशमा
काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन आव्हान भएको छ । शिक्षक सेवा आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन आव्हान गरेको हो ।
Advertisement 1
खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको आयोगले जनाएको छ ।
जसमा सबैभन्दा धेरै बागमती प्रदेशमा एक हजार १०३, कोशी प्रदेशमा एक हजार ७७, गण्डकी प्रदेशमा ८००, मधेश प्रदेशमा ५०८, लुम्बिनी प्रदेशमा ४९५, सुदूरपश्चिम प्रदेशमा ३०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम १७७ जनाका लागि आवेदन खुलेको छ ।
Advertisement 2
योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।