अनिवार्य अवकाशमा गएका १२ सचिवलाई प्रधानमन्त्री प्रचण्डले गरे दोसल्ला ओढाएर औपचारिक बिदाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र सेवामा संलग्न भई सचिव पदबाट अनिवार्य अवकाशमा गएका १२ जना सचिवलाई औपचारिक रुपमा एकैपटक बिदाई गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस आर्थिक वर्षमा सेवा निवृत्त भएका १२ सचिवलाई दोसल्ल ओडाएर सम्मान गर्दै बिदाई गरेका हुन् ।

Advertisement 1

चालू आर्थिक वर्षमा अनिवार्य अवकाशमा गएका सचिव यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा.दामोदर रेग्मी, दिनेशकुमार घिमिरे, देवकुमारी गुरागाइँ, सुर्यप्रसाद गौतम, रवीन्द्रनाथ श्रेष्ठ, महेश्वर काफ्ले, केवलप्रसाद भण्डारी लगायतलाई प्रधानमन्त्री प्रचण्डले दोसल्ला ओढाएर बिदाई गरेका हुन् । त्यसै अवसरमा प्रधानमन्त्री प्रचण्डले उच्च नेतृत्वसम्म रहेर हासिल गरेका अनुभव र विज्ञता राज्यले सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।

सेवा निवृत्त सचिव गुरागाइँले आफूहरूले कुनै पनि दबाब र प्रभावमा नपरी निरन्तर राष्ट्रको सेवा गर्न पाएको भन्दै खुशी व्यक्त गरिन् । आगामी दिनमा पनि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा देशको सेवा गर्ने प्रतिबद्धता उनले जनाईन ।

प्रकाशित :२०८० चैत्र १२, सोमबार १७:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry