लहान नगरपालिकामा पस्यो अख्तियार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको लहान नगरपालिकासँग कागजात माग गरेको छ ।

Advertisement 1

अनियमितताको शंका उपशंकावीच विवादमा तानिएको लहान नगरपालिकासँग बर्दिबासस्थित अख्तियार कार्यालयले गत आर्थिक बर्षमा गरिएका सम्पूर्ण कामकार्वाहीका सक्कल फाइल माग गरेको हो हो । अख्तियारले लहान नगरपालिकासँग पत्र लेखेर कागजात मागेको छ,लहान ७ का वडाध्यक्ष राऔतार साहले भने ।

लहानका मेयर महेश चौधरीले मनोमानी गरिरहेको भनेर जनस्तरमा आलोचना भइरहेका बेला अख्तियारले अनुसन्धान प्रकृया अघि बढाउने संकेत गरेको छ । अख्तियारकाअनुसार चालु आर्थिक बर्षको साउन र भदौ महिनामा मात्रै लहान नगरपालिकाका मेयर चौधरीबिरूद्व अख्तियारमा १६ उजुरी दर्ता भएकाछन् ।

Advertisement 2

उजुरीको ओइरो

चालु आर्थिक बर्ष सिरहाका १७ स्थानीय तहबिरूद्व २ सय ८० उजुरी दर्ता भएको अख्तियारले जनाएको छ ।सबैभन्दा बढी उजुरी औरही गाउँपालिका विरूद्व छ । यस गाउँपालिकाबिरूद्व २ महिनामा ७३ वटा उजुरी दर्ता भएका छन् भने सबै भन्दा कम लक्ष्मीपुर पतारी गाउँपालिका बिरूद्व ३ वटा उजुरी परेका छन् । त्यस्तै,सिरहा नगरपालिकाबिरूद्व २२ , कल्याणपुर,मिर्चैया र लहान नगरपालिकाबिरूद्व १६ का दरले ४८ उजुरी दर्ता भएकाछन् ।

Advertisement 3

गोलबजार नगरपालिका बिरूद्व २९ उजुरी दर्ता हुँदा गोलबजारसँगै जोडिएको धनगढीमाई नगरपालिकाबिरूद्व १५ उजुरी छन् । सुखीपुर नगरपालिकाबिरूद्व ११ , सखुवानन्कारकट्टी गाउँपालिकाबिरूद्व ९ , बिष्णुपुर गाउँपालिका बिरूद्व १३,भगवानपुर गाउँपालिका बिरूद्व १० , बरियारपट्टी गाउँपालिकाबिरूद्व ६ , नवराजपुर गाउँपालिका बिरूद्व ५ ,नरहा गाउँपालिका ७ ,कर्जन्हा नगरपालिकाबिरूद्व १२ र अर्नामा गाउँपालिका बिरूद्व ९ उजुरी दर्ता भएको जनाईएको छ ।

प्रकाशित :२०८० आश्विन १३, शनिबार २०:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry