ठाउँमा गाडी नरोकेको भन्दै उपसचिवद्धारा चालकलाई थप्पड

एक जना उपसचिवले डइभरलाई कुटेका छन् । ती उपसचिवले सवारी चालकलाई ठाउँमा गाडी नरोकेको भन्दै हातपात गरेका हुन । ती उपसचिवले आफू चढ्नुपर्ने ठाउँमा गाडी नरोकेको भन्दै गाडीबाट झर्ने समयमा सिंहदरबारको मुखैमा पुगेर हातपात गरेका हुन ।
सवारी चालकलाई पिट्ने उपसचिव महान्यायाधिवक्ता कार्यालयका बुद्धि श्रेष्ठ हुन भने पिटाई खाने ड्राइभर हरिराम रुपाखेती । रुपाखेतीका अनुसार,सिंहदरबार गेट अगाडि पुगेपछि
बस चढ्न रोक्दा ठाउँमा नरोकेको भनेर त्यही गाडीमा चढेर आएर झर्ने बेलामा ड्राइभरलाई थप्पड हानेर हिडेका हुन । उपसचिवविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउन लागिएको छ ।

प्रकाशित :२०७९ श्रावण ९, सोमबार १३:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry