थपिए तीन सहसचिव

दुई जना सहसचिव थपिएका छन् । आयोगले लिएको आन्तरिक परीक्षाको सबै चरण पार गर्दै दुई कर्मचारी सहसचिव पदमा नाम निकाल्न सफल भएका हुन । नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूहतर्फबाट खोलिएको आप्र विज्ञापनमा सहभागी ५ मध्ये अन्य तीनलाई पछि पार्दै बैतडीका दिनेश भट्ट र तनहुँका सन्तोष कैनीलाई बढुवाका नियुक्तिका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको जनाएको छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/11/sachiv.pdf”]

यस्तै सोही सेवा समूहबाट खुलातर्फको परीक्षामा कास्कीका नविनचन्द्र अधिकारीले नाम निकाल्न सफल भएका छन् । आयोगका अनुसार लिखित परीक्षाको अन्तरवार्तामा सात जनाले परीक्षामा भाग लिएकामध्ये उनीहरुबीचको प्रतिष्प्रर्धाबाट अधिकारीले नाम निकाल्न सफल भएका हुन । अधिकारीको बढुवा नियुक्तिका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको जनाएको छ ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/11/khull.pdf”]

 

प्रकाशित :२०७८ कार्तिक ३०, मंगलवार १८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम