गृह मन्त्रालयद्वारा सिडिओको व्यापक हेरफेरको तयारी
गृह मन्त्रालयले काठमाडौं लगायत ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी(सिडिओ)को हेरफेर तयारी थालेको छ ।
Advertisement 1
काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीलाई एक वर्ष नपुगी हटाउने तयारी भइरहेको छ । जहाँ आधा दर्जन सहसचिवको दौड छ । कांग्रेस निकट भनेर चिनिएका यज्ञ कोइराला पनि दौडधुपमा लागेका छन् त्यस्तै गृहको कर्मचारी प्रशासन महाशाखाकै प्रमुख गोविन्द रिजालदेखि तिर्थराज भट्टराई लगायत काठमाडौंको सिडिओ हुने दाउमा छन् ।
दुई साताअघिदेखि नै गृहमा सिडिओ सरुवाको सूची बनेपनि कुरा नमिल्दा निर्णय हुन नसकेको स्रोत बताउँछ । हालै गृहमा आएका टेकनारायण पाण्डेले गृहको अनभुव नै नभएका आफु निकट केही सहसचिव र उपसचिवलाई पनि सिडिओमा पठाउने तयारी गरेका छन् । उनी आफैं पनि गृहको अनुभव नभएका कर्मचारी हुन् ।
प्रकाशित :२०७८ भाद्र २, बुधबार २०:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%