अब लाइसेन्स निकाल्न धेरै सहज :-सामान्य गल्तीले फेल नहुने !

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न नसकेर हैरानी खेपिरहेकाहरुका लागि खुसीको खबर छ ।
अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा जटिल भएको गुनासो बढ्दै गएपछि सरकारले सहजै लाइसेन्स निकाल्ने सक्ने व्यवस्था मिलाउँदै छ ।
अब कुनै सानो गल्तीले ट्रायल फेल हुने अबस्था हट्नेछ । अहिले ट्रायल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुन्छन्। राम्रोसँग सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकहाँ जाने र लाखौं रकम बुझाएर लाइसेन्स निकाल्ने विकृती रहँदै आएको छ । यो व्यवस्था लागू भए लाइसेन्स निकाल्नका लागि दलाल कहाँ धाउनुपर्ने अबस्था अन्त्य हुने छ ।
ट्रायलका सानातिना कडा नियम अलि खुकुलो बनाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालको भनाई छ । उनका अनुसार, लिखित परीक्षाको ढाँचा परिवर्तन गँिरदैछ ।
Advertisement 1
अब आइन्दा परीक्षामा ६० प्रतिशत अंक ल्याए पनि लाइसेन्स निकाल्न सकिने छ ।
यस अघि ट्रायलमा सानो गल्तीले पनि लाइसेन्स नपाइने हुँदा प्रयोगात्मक परीक्षामा अंकभार तोकेर ६० प्रतिशत ल्याउनेलाई लाइसेन्स दिने गरी व्यबस्था गर्न लागिएको हो ।
अब यो व्यवस्था लागू भएसँगै ट्रायल सिकाउने इन्टिच्युटमा नियमित सिकेर ट्रायल दिनेले सजिलै ट्रायल पास गर्न सक्ने अवस्था पनि छ ।
अबको प्रावधानमा फिगर ड टेस्ट, यू टर्न टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिड ब्रेकर टेस्ट, ¥याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्टसहितको टेस्ट छन् ।
अब यी सबैमा छुट्टाछुट्टै अंकभार दिएर ६० प्रतिशत अंक पुर्याउनेलाई लाइसेन्स दिइने व्यवस्था गर्न लागिएको हो ।