अधिकृतहरुलाई सेवाकालीन तालिमको अबसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृत वा राप तृतीय श्रेणीका कर्मचारीहरुसँग सेवाकालीन तालिमका लागि आवेदन माग गरेको छ । आगामी साउन दोश्रो साताबाट हुन लागेको सेवाकालीन तालिम लिन इच्छुक मन्त्रालय वा मातहतका निकायमा कार्यरत अधिकृत वा सो सरहका कर्मचारीहरुले यही असार १७ गते भित्र आवेदन पेश गर्न मन्त्रालयले आह्वान गरेको छ ।
Advertisement 1
‘ प्रोफेशनल कोर्स अन म्यानेजम्यान्ट एण्ड डेभलपमेन्ट बिषयक सेवाकालीन तालिम लिन इच्छुक अधिकृत वा सो सरहका कर्मचारीहरुले आगामी असार १७ गतेभित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखामा इमेल पठाउन मन्त्राालयद्धारा जारी सूचनामा आग्रह गरिएको छ । तालिम लिन इच्छुक अधिकृतहरुले प्रशिक्षार्थी मनोनयन फाराम भरी सम्बन्धित कार्यालयको सिफारिससहित मन्त्रालयको जनशक्ति तथा योजना महाशाखामा इमेल पठाउनु पर्नेछ । तालिम लिन इच्छुक अधिकृतहरु हालको तह श्रेणीको ०७९ जेठ मसान्तसम्ममा २ बर्ष सेवाअवधि पूरा गरेको हुनुपर्नेछ भने अधिकृत श्रेणीको हकमा हालको तह श्रेणीमा तीन बर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने जनाइएको छ ।
यस्तै हालको तह वा श्रेणीमा ३० कार्यदिन वा सोभन्दा बढीको सेवाकालीन तालिम लिइसकेका कर्मचारी मनोनयनका लागि योग्य हुनेछैनन । मनोनय स्वीकृति गर्दा द्धिविधा भएमा जेष्ठतालाई आधार लिइने जनाइएको छ ।
तालिममा मन्त्रालय वा मातहतका स्थानीय तहका ८ जना प्रशिक्षार्थी सहभागी गराइने मन्त्रालयले जनाएको छ ।
officers