स्थानीय तह निर्वाचन :- कुन पदमा उम्मेद्धारी दिँदा कति राख्नुपर्दछ धरौटी ?
अब २२ दिन पछि स्थानीय तहको निर्वाचन आउँदैछ । सो निर्वाचनका लागि दलहरु कोही गठबन्धनसहित त कोही एक्लै चुनावी प्रतिष्प्रर्धामा होमने तयारी गर्दैछन् । मुलुकभरका ७५३ वटा स्थानीय तहमध्ये ६ वटा महानगरपालिका,११ उपमहानगरपालिका,२७६ नगरपालिका र ४६० गाउँपालिकामा नयाँ जनप्रतिनिधिहरु चयन हुनेछन् । यस्तै कूल ६ हजार ४४३ वडाबाट समेत वडा अध्यक्ष र सदस्यहरु चयन हुनेछन् ।
यो निर्वाचनमा भाग लिनका लागि दल तथा तिनका उम्मेद्धारले मनोनयन दर्ता गर्नुपर्दछ । आयोगले वडा सदस्य, वडाध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख लगायतका पदमा उम्मेदवारी दिँदा निश्चित रकम धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ । आयोगले तयार पारेको स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ मा उम्मेदवारी दिँदा राख्नुपर्ने धरौटी रकमबारे स्पष्ट उल्लेख गरिएको छ ।
Advertisement 1
जसअनुसार वडा सदस्य पदका उम्मेद्धारले पाँच सय रुपैयाँ र वडा अध्यक्ष पदमा उम्मेदवारी दिँदा एक हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ ।यस्तै अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख पदको लागि एक हजार पाँच सय रुपैयाँ र गाउँकार्यपालिका वा नगर कार्यपालिकाको सदस्य पदको लागि पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
Advertisement 2
जिल्ला समन्वय समितिको सदस्य पदको लागि एकहजार पाँचसय रुपैयाँ र जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदको लागि दुईहजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान राखिएको छ ।
महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटी रकममा पचास प्रतिशत छुट हुने निर्देशिकामा जनाइएको छ ।
Advertisement 3
‘कुनै एउटा पदको निर्वाचनमा एक व्यक्तिलाई उम्मेदवार मनोनयन गर्नको लागि एकभन्दा बढी मनोनयनपत्र दाखिला गर्नु परेमा एउटा मनोनयनपत्रको लागि मात्र धरौटी राख्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ ।