बिदामा पनि अत्यावश्यक कार्यालय खुल्ने,कर्मचारीलाई सट्टा बिदा

सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह गर्ने भएको छ । अस्ति बसेको क्याविनेट बैठकले सार्वजनिक बिदाको दिन पनि अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यद्यपि कस्ता बिदामा सरकारी कार्यालय खोल्ने भन्ने तोक्न बाँकी रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताउनुभएको छ । उहाँका अनुसार, बिदाका दिन कुन कार्यालय खोल्ने भन्ने विषयलाई मन्त्रिपरिषद्को प्रशासनिक समितिले टुंगो लगाउने छ ।

Advertisement 1

त्यस्ता बिदा र कार्यालयका नाम छिट्टै तोकिने र अबदेखि त्यस्ता कार्यालय सार्वजनिक बिदा घोषणा भए पनि खुल्नेछन् । मन्त्री शर्माका अनुसार, कर्मचारीलाई सट्टा बिदा दिएर त्यस्ता कार्यालय सार्वजनिक बिदाका दिन पनि सञ्चालन गरिनेछ ।

प्रकाशित :२०७९ फाल्गुन १३, शनिबार ०६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry