प्रमुख प्रशासकीय अधिकृतको बिषयमा झडप,१ को मृत्यु,१० घाइते
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने क्रममा भएको विवादपछि भएको झडपमा परेर एक जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई वटा पालिका हेर्ने गरी खटाएको प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रको बिषयलाई लिएर त्यहाँ झडप भएको हो । मिश्रलाई हाजिर गर्न दिने र नदिनेबीच भएको झडपमा गोली चल्दा एक जनाको ज्यान गएको र १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
पचरौता नगरपालिकाको दरबन्दीमा रहेका मिश्रलाई मंसिर २२ मा मन्त्रालयले सिम्रौनगढ नगरपालिकाको पनि जिम्मेवारी दिएको थियो ।नगरप्रमुख किशोरीप्रसाद कलवारले मिश्रलाई हाजिर गराउन खोजेपछि आन्दोलित कर्मचारी र जनप्रतिनिधिहरुले रोक्न खोजेका हुन् ।
Advertisement 2
नगरपालिकाका मेयर किशोरी शाहले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउन नगरपालिका लैजान खोज्दा स्थानीय शिक्षक, कर्मचारी र स्थानीयबासीसँग विवाद वढेपछि झडप भएको हो ।
झडपपछि प्रहरीले चलाएको गोलीबाट घाइते भएका १ जनालाई नारायणी अस्पतालले मृत घोषणा गरेको छ भने मृतकको पहिचान खुलेको छैन । दोहोरो झडपमा १० जना भन्दा वढी घाइते भएको बताइएको छ ।
Advertisement 3
नगरसभा बस्ने विषयमा भएको विवादका कारण लामो समयदेखि यो नगरपालिकाका विद्यालय र स्वास्थ्य सेवा ठप्प छ ।
शिक्षक र कर्मचारीले तलव नपाएको भन्दै ५ महिनायता आन्दोलन गरेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो । कर्मचारी र शिक्षकले मेयरमाथि आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रण लिन गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीकाअनुसार अहिले नगरपालिकाको अवस्था सामान्य बन्दै छ ।