परिचयपत्र ठेक्कामा मुछिएपछि तानिए सिडिओ गृहमा
मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई गृह मन्त्रालयमा तानिएका छन् । राष्ट्रिय परिचयपत्रको ठेक्काको विवादमा मुछिएका भट्टराईलाई मोरङका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाएर उनलाई गृहमा तानिएको हो ।
यस्तै यही प्रकरणमा विभागमा निर्देशक मुकेश रेग्मी पनि छानबिनका लागि मन्त्रालयमा तानिएका छन् । सार्वजनिक खरिद ऐन नियमावली मिचेर साता दिनमै एउटा निजी कम्पनीलाई राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने ठेक्का प्रक्रियामा बदनामीमा मुछिएका हुन ।
Advertisement 1
भट्टराईलाई मन्त्रालयमा तानेर त्यहाँ सहसचिव वीरेन्द्रप्रसाद यादवलाई पठाइएको गृह मन्त्रालय स्रोतले जनायो ।
ठेक्कामा नियम मिचिएको भन्दै गत साताको क्याविनेटले छानबिनका लागि कमिटि बनाएको छ ।
Advertisement 2
म मंगलबार सरकारले त्यसलाई रद्द गरी छानबिन गर्ने निर्णय गरेको थियो । छानबिन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा दुई सहसचिव सदस्य रहने गरी छानबिन कमिटि बनेको छ ।
रवि एक महिना गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा सेटिङका आधारमा हत्तारमा ऐनविपरीत दिएको ठेक्का सम्झौताबारे छानबिन गर्न प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोख्रेलको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको हो ।
जसमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सामाजिक विकास तथा प्रादेशिक समन्वय महाशाखामा कार्यरत सचिव पोख्रेलको गृहमन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य छन्। कानुन मन्त्रालयकी सहसचिव ईन्दिरा दाहाल र गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत सदस्य तोकिएको छ।